नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया

  • बजार अनुगमन २०७५-६-२४

    मिति २०७५/०६/२३ गतेका दिन दिनको १२:०० बजे देखी ३:३० बजे सम्म बाँसगढी बजारमा खाद्ध्यान्न समबन्धी नास्ता पसल, किराना पसलहरुमा बजार अनुगमन गर्न ईलाका प्रशासन कार्यालय बाँसगढी, बर्दियाका शाखा अधिकृत श्री डिल्लीराम अाचार्यको संयोजकत्वमा बाँसगढी नगरपालिका उपप्रमुख श्री शुष्मा चौधरी, बाँसगढी न.पा.का शाखा अधिकृत श्री भगवान भक्त अर्याल, बाँसगढी उद्ध्योग बाणिज्य संघका उपाध्यक्ष श्री बद्रिनाथ बराल, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्र.ना.नि. श्री फमनारायण ढकाल, गुरुवावा F.M. का प्रतिनिधी विन्दु चौधरी लगाएतको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा करीब रु. ८,८०१/- (अक्षरुपी आठहजार आठसय एक) भन्दा बढी मूल्य बराबरको सामाग्री (खाद्ध्यान्न) म्याद नागेको पाइएकोले उक्त सामानहरु बरामद गरी नष्ट गरीएको छ ।

  • कार्यालयकाे वार्षिक प्रगती प्रतिवेदन २०७५-४-६

    यस र्इलाका प्रशासन कार्यालय बाँसगढी बर्दियाले अा.व. २०७४/०७५ मा देहाय बमाेजिमकाे कार्य सम्पन्न गरी रू. २७,७२,४५०/- (अक्षरूपी सत्ताइसलाख बहत्तरहजार चारसय पचास) राजस्व संकलन गर्न सफल भएकाे छ ।

  • सुनचांदी पसल अनुगमन २०७५-३-४

    मिति २०७५-०३-०३ गते इलाका प्रशासन कार्यालय बाँसगढी को नेतृत्वमा उद्योग बाणिज्य संघ, बाँसगढी नगरपालिका, इलाका प्रहरी कार्यालय बाँसगढी  प्रतिनिधित्व र प्रत्रकारवर्गहरु समेतको संयुक्त प्रयासमा बाँसगढी बजारमा रहेका विभिन्न सुनचांदी पसलहरुको अनुगमन गरिएको छ भने अनुगमनका  क्रममा विभिन्न पसलहरुबाट लिएका नमुनाहरु आवश्यक परीक्षणको लागि सम्बन्धित निकायमा पठाईएको छ |

  • विधुतीय हाजिर सम्वन्धमा २०७५-१-२१

    सरकारी सेवा सबै विधुतीय माध्यमवाट गरी कर्मचारीहरूकाे समयपालना र नियमिततामा विधुतीय हाजिर गराइ अनुगमन र अभिलेखमा सहज र प्रविधिमैत्री बनाउने, काजगरहित प्रशासन सेवा गर्ने नीति अनुरूप मिति २०७५।१।१४ गतेदेखि यस कार्यालयमा विधुतीय हाजिर प्रविधि (E-Attendence Device) राखी विधुतीय हाजिर ( E-Attendence)  गर्न शुरू गरिएकाे छ । परीक्षणका रूपमा रहेकाेले एक महिना  दुवैतिर ढड्डा र विधुतीय हाजिर (E-Attendence)  गरिनेछ ।

  • निः शुल्क रूपमा जग्गादाताबाट जग्गा प्राप्ति । २०७४-११-२२

    मिति २०७३।२।२६ गते माननीय गृहमन्त्री शक्तिबहादुर वस्तेतज्युवाट उद्घाटन भै सञ्चालनमा आएको पनि करीव दुइ वर्षको नजिक छ । गृह मन्त्रालयको चं. नं. ७३२ मिति २०७३।११।१८ को प्राप्त पत्रानुसार इलाका प्रशासन कार्यालय,वाँसगढी, वर्दियाका लागि उपयुक्त पायक पर्ने स्थानमा निःशुल्क रुपमा जग्गा दिन चाहने व्यक्ति/ संघसंस्थाले आफुले दिन चाहेको जग्गाको कित्ता नं. क्षेत्रफल र स्थान खुलाइ निवेदन दिन एक महिना (३० दिने) सुचना मिति २०७३।११।२० गते प्रकाशित गरियो । सोही सुचनालाइ सहयोग पुग्ने उदेश्य राखी वाँसगढी नगरपालिकामा पनि राजनैतिक दलको वैठक राखी सबैलाई सुचना गरि दिन र सहयोग पुर्याउनका लागि मिति २०७३।११।२६ मा निर्णय पनि गरियो । सोही सुचना र राजनैतिक दलको…

  • बाँसगढीस्थित मासु पसल अनुगमन २०७४-११-१५

    बाँसगढी बजार क्षेत्रमा रहेका  विभिन्न फ्रेस हाउस, ह्याचरी, माछा पसल, एग्राेभेट समेत २२ वटा पसलहरुमा मिति २०७४/११/०७ गते र एे ११ गते बाँसगढी न‌.पा. उप प्रमुखकाे संयाेजकत्वमा बाँसगढी उ.वा. संघ र सरकारी कार्यालयहरुकाे सहभागितामा अनुगमन गरी देहाय बमाेजिमकाे  भएकाे व्यहाेरा जानकारी गरान्छ । तपसिलः १. अनुगमन गरिएका फ्रेस हाउस तथा मासु पसलहरु ः क. चाँद  मासु पसल,  बाँसगढी-५ - दर्ता, मुल्य सुची, साइनबाेट नभएकाे, सरसफाइ नभएकाे र अन्य मापदण्ड नभएकाे  ख. धामी मासु पसल, बाँसगढी-५ - मुल्य सुची नभएकाे ग. गाेविन्द फ्रेस हाउस, बाँसगढी-५ -साइनबाेट,  मुल्य सुची र दर्ता नभएकाे घ. रानाराम चाैधरी ,  बाँसगढी -५ - केही नगरेकाे ङ. माछापुच्छे फ्रेस…

  • दाेस्राे बाँसगढी बर्दिया माघी महाेत्सव-२०७४ सम्पन् २०७४-१०-२८

    बाँसगढी उद्याेग बाणिज्य संघकाे मुख्य अायाेजनामा मिति २०७४ माघ १२ देखी २२ गते सम्म दाेस्राे बाँसगढी अाैधाैगिक,कृषी, पर्यटन,व्यापार मेला एवं बर्दिया माघी महाेत्सव–२०७४ भव्यताका साथ सु– सम्पन्न भएकाे छ । साे महाेत्सवकाे उद्घाटन नेपाल सरकारका सिंचाई मन्त्री एवं बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका माननीय सांसद संजय कुमार गाैतम ज्युले गर्नुभएकाे हाे । उक्त मेला एवं महाेत्सवमा कृषी प्रदर्शनी,फेन्सी,भाडावर्तन,अटाेमाेबाईल्स,घरेलु उधाेग, जुत्ता चप्पल, जडीबुटी, ट्रेडर्स, गाडीकाे शाे रुम, भार्गव विकार वैँकका स्टल, स्थानीय थारु गाउँ, साँस्कृतिक गरी विभिन्न २०० स्टलहरु राखिएकाे र उक्त मेलामा डुङ्गापिङ, झुलापिङ, रेलगाडी, सर्कस, बालबालिकाका लागी मनाेरञ्जनका लागी विभिन्न ईभेन्ट्सहरु राखिएकाे थियाे । एघार दिनसम्म लागेकाे…

  • दशैं नजिकै वाँसगढी बजारमा अनुगमन २०७४-६-९

       हिन्दुहरुको महान् पर्व वडा दशैंमा उपभोक्ता हकहितलाई विशेष ध्यान दिइ मिति २०७४/०६/०८ गते वाँसगढी बजारमा इलाका प्रशासन कार्यालय, वाँसगढी नगरपालिका, स्वास्थ्य चौकी, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, वाँसगढी, गुरुवावा एफ एम लगायतका प्रतिनीधिहरुको संयुक्त बजार अनुगमनमा देहायका कुराहरु नभएको र रु. ८८६०।अक्षरुपि आठहजार आठसय साठी मात्र मुल्य वरावरको सामान म्याद नाघेको पाइएकोले नष्ट गरिइएको छ । तपसिल : सूपर पावर सुर्ती    – ५ पोका x १३०= ६५०। वेसन              - ८ पोका  x ८ = २८०।       कोकोनट  बिष्कुट    – २ पोका x ४५ = ९०। पतंजली पापडी        - १ पोका  x ८५  = ८५। पेय मिरिन्डा ( ६००…

  • बजार अनुगमन २०७४-६-८

           मिति २०७४/०५/३१ गते वाँसगढी नगरपालिकाको लखना वजारदेखि माछागढसम्ममा सञ्चालनमा रहेका विभिन्न मासु पसलहरुको अनुगमन गरिइएकोछ । उक्त अनुगमनमा वाँसगढी नपाका नगरप्रमुख श्री सालिकराम अधिकारी, कार्यकारी अधिकृत श्री कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालय, वाँसगढीका शाखा अधिकृत श्री महेन्द्रजङ्ग शाही, वाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष श्री कटकबहादुर वि सी, इलाका प्रहरी कार्यालय, वाँसगढीका प्रहरी निरीक्षक श्री चक्रबहादुर डम्मरपाल, स्वास्थ्य चौकी प्रमुख श्री सुरेशकुमार रेग्मी,  पशु स्वास्थ्य केन्द्रका डा प्रेमकुमार मण्डल, पशु प्राविधिक श्री ठाकुरदयाल शाह, गुरुवावा एफ एमका प्रतिनीधि विमला चौधरी समेतको सहभागितामा संयुक्त अनुगमन गरिइएको र अनुगमनमा पाइएको कुराहरु देहाय वमोजिम छ । तपसिल : चाँद रांगा मासु पसल, बाँसगढी…

  • CC TV जडान गरिएको बारे २०७४-५-२१

    विभिन्न क्रियाकलापहरुका कारण घटना तथा दुर्घटना यस क्षेत्रमा वढेका र मुख्य सडकमा सवारी दुर्घटना लगायत हरेक अपराधिक कृयाकलाप र आवतजावत निगरानी गर्न साथै यस कार्यालयको आर्थिक प्रशासन, प्राविधिक, नागरिकता, राहदानी र मुख्य राजमार्गमा CCTV ( Close Circuite Television) वाट निगरानीका लागि ७ वटा विभिन्न इन्डोर  2 mp-३, आउटडोर 2 mp-२, High Night Vision Power-4 mp-२ क्यामेरा जडान गरिइएको छ । मिति २०७४।०४।२५ गतेदेखि ‌३२ गतेसम्मको प्राविधिक कार्य सम्पन्न भै मिति २०७४।५।१ गतेदेखि सञ्चालनमा ल्याइ परीक्षण गरिएको छ । यसको केही दिन परीक्षण गरिने र त्यसपछि पूर्ण सञ्चालनमा आउने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।

  • 6th लटको राहदानी प्राप्त भएकाे जानकारी २०७५-८-१२

    मिति २०७५/०६/०१ देखि २०७५/०६/१९ गते सम्म राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • 5th लटको राहदानी प्राप्त भएकाे जानकारी २०७५-७-१२

    मिति २०७५/०५/१९ देखि २०७५/०५/२९ गते सम्म राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • 4th लटको राहदानी प्राप्त भएकाे जानकारी २०७५-६-१८

    मिति २०७५/०४/३१ देखि २०७५/०५/१८ गते सम्म राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • 3rd लटको राहदानी प्राप्त भएकाे जानकारी २०७५-६-५

    मिति २०७५/०४/१८ देखि २०७५/०४/२९ गते सम्म राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • 1st लटको राहदानी प्राप्त भएकाे जानकारी २०७५-४-२४

    मिति २०७५/०३/२० देखि २०७५/०३/२६ गते सम्म राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • २० अाैं लटकाे राहदानी प्राप्त २०७५-४-१०

    मिति २०७५/०३/०३ देखि २०७५/०३/१८ गते सम्म राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • १६ औँ लटको राहदानी प्राप्त २०७५-२-११

    मिति २०७५/०१/०५ देखि २०७५/०१/१९ गते भित्र राहदानी फारम भरेका माथि फाएल मा उल्लेखित नाम थर भएका व्यक्तिहरुको राहदानी आइपुगेको हुँदा आफ्नो नागरिकताको सक्कल र राजश्व तिरेको  रसिद सहित कार्यालयमा सम्पर्क राख्नुहोला /

  • राहदानीकाे छैटौं लट 2 २०७४-९-२

    राहदानी बनी प्राप्त भएको सूचना २०७४

  • राहदानीकाे छैटौं लट २०७४-८-६

    रहादानी प्राप्त हुनअाएकाे सुचना :

  • राहदानीकाे पाँचाौ लट २०७४-७-२७

    राहदानी प्राप्त हुन आएको सुचना



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय