नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
सोताङ्गबजार, सोलुखुम्वु


  फाँटहरु

कार्यालय प्रमुखको कार्य कक्ष

नागरिकता फाँट

प्रशासन फाँट

लेखा तथा जिन्सी फाँट

 कम्प्युटर फाँट

 

  • इलाका प्रशासन कार्यालयबाट सम्पादित कार्यहरु --

    जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वुका प्र‍मुख जिल्ला अधिकारी श्री नरेन्द्रकुमार रानाज्यूको नेतृत्वमा इलाका प्रशासन कार्यालय, सोताङ लगायत घरेलु उद्योग, स्वास्थ्य, निर्वाचन कार्यालयको सहभागिता र माहाकुलुङ गाउँपालिकाको समन्वयमा सञ्चालित २ दिने एकीकृत घुम्ति शिविर हिजो सम्पन्न भएको छ, यस अवसरमा नागरिकता र प्रतिलिपि १६१ जना, मतदाता नामावलि दर्ता ९४ जना, सामान्य सवास्थ्य जाँच २६२ जना, अाँखा तर्फ चश्मा लिनेको संख्या १०१ जना उद्योग दर्ता १८ वटा, वाणिज्य दर्ता ४० वटा गरि ५८ वटा दर्ता गरि सेवा प्रदान गरियो साथै राष्ट्रिय पुननिर्माण प्राविधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्वुले सरोकारवालाहरुसँग अन्तरकृयामा इलाका प्रशासन कार्यालय सोताङ समेतकाे सहभागितामा सम्पन्न भएकाे छ । सबै राष्ट्रसेवक कर्मचारीहरुलाई…

  • नागरिकता वितरण २०७५-११-२७

    यही मिति २०७५ साल चैत्र ०९ गते देखि २०७६ बैशाख ०४ गते सम्म साेताङ गा‍उँपालिका स्वास्थ्य शाखा सोताङ तथा इलाका प्रशासन कार्यालयद्वारा सञ्चालित घुम्ति शिविरमा गत चैत्र ०९ र ११ गते भएकाे नेपाली नागरिकता वितरण कार्यक्रममा सोताङ गाउँपालिका वडा नं.२ चेपेल बस्ने वि.सं.१९९५ चैत्र २० गते जन्मिएकी श्री पर्बी माया राई (वर्ष ८१) र अपाङ्गता भएका नागरिक श्री पासाङ गेलु शेर्पा लगायत जम्मा १५ जनाले नेपाली नागरिकताकाे प्रमाण पत्र प्राप्त गर्नु भएको छ। सो शिविर कार्यक्रममा सोताङ प्राथमिक केन्द्रका प्रमुख डा.ललित कार्की लगायत अन्य प्यारामेडिकल स्टाफ र इलाका प्रशासन कार्यालयबाट कार्यालय प्रमुख विनाेद गौतम र सहायक कम्प्युटर अपरेटर ऐज नारायण…

  • जग्गादाताहरुबाट जग्गा प्राप्ति सम्बन्धी सूचना --

    इलाका  प्रशासन कार्यालय भवनको लागि स्वेच्छाले जग्गा दाताहरुबाट जग्गा प्रदान गर्ने सम्बन्धी १५ दिने सूचना ।

  • DOWNLOAD CCTV DOCUMENT --

    यस इलाका भित्र रहेका व्यक्ति, संघ संस्था तथा कार्यालयहरुले CCTV/CAMERA राख्ने सम्बन्धी अनुमति लिई जडान गर्ने सम्बन्धमा यसैसाथ संलग्न सूचना अनुसार गर्नु हुनको लागि सर्वसधारण सबैमा जानकारी गराईन्छ । साथै माथि DOWNLOAD CCTV DOCUMENT लिंकमा क्लिक गरी सूचना  डोनलोड गर्न सकिनेछ ।

  • नागरिकता र राहदानी सम्बन्धी सामान्य जानकारी --

    नागरिकता सम्बन्धी सामान्य जानकारी नागरिकता एक विशेष सामाजिक, राजनैतिक, राष्ट्रीय, वा मानव संसाधन समुदायको एक नागरिक हुने अवस्था हो। कुनै पनि राजनैतिक समुदाय (राष्ट्र या नगर)को सदस्य भई राजनैतिक क्रियाकलाप गर्न पाउने अधिकारलाई नागरिकता भनिन्छ। कुनै पनि राष्ट्र वा नगगरको नागरिकता प्राप्त गरेको ब्यक्तिलाई नागरिक भनिन्छ। नागरिकता र राष्ट्रियता धेरै हदसम्म मिल्दा जुल्दा शब्दहरू हुन, तर पनि ती दुई शब्दहरूमा फरक छ। जस्तै: कुनै ब्यक्तिको राष्ट्रियता भएपनि नागरिकता नहुन सक्तछ। कुनैपनि देशमा गैर्‍ह नागरिकलाई बिदेशी भन्ने गरिन्छ। त्यसैले नागरिकता भनेको कुनै ब्यक्तिले समाजमा पाउने राजनैतिक अधिकार हो। त्यसैले एउटा देशको राष्ट्रियता भएको ब्यक्ति अर्को देशको नागरिक बन्न सक्तछ। नेपालमा देहाय बमोजिमको नागरिकता प्रदान गर्न सकिने ब्यवस्था…

  • नागरिक वडापत्र २०७५-३-२८

    कार्यालयबाट सेवाग्राहीलाई हुने सेवा नागरिक वडापत्र मार्फत सर्वसधारणलाई जानकारी गराईएको व्यहोरा अनुराेध छ । इलाका प्रशासन कार्यालय सोताङ्ग सोलुखुम्वु फोन नम्बर ०३८–४१००६५



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय