नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
भोजपुर

  • कार्यालय भवनकाे उद्घाटन कार्यक्रम २०७६-१-१५

    मिति २०७६ साल बैशाख १५ गते आईतबारका दिन माननीय गृहमन्त्री श्री राम बहादुर थापा “बादल” ज्युद्धारा जिल्ला प्रशासन कार्यालय भोजपुरको कार्यालय भवन र जिल्ला  आपत्कालीन कार्यसञ्चालन केन्द्र, भोजपुरको समुद्घाटन कार्य सुसम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा भएको उक्त उद्घाटन कार्याक्रममा प्रतिनिधि सभा सदस्य माननीय श्री सुदन किराँती, मा.गृहमन्त्री ज्युका सल्लाकार श्री सुर्यप्रकाश सुवेदी ‘पथिक’,सुरक्षा सल्लाहकार डा.श्री ईन्द्रजित राई, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख श्री लक्ष्मण खड्का, अध्यागमन विभागका महानिर्देशक श्री ईश्वरराज पौडेल लगायतको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी श्री नूरहरि खतिवडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहाय प्रमुख जिल्ला अधिकारी श्री कृष्ण बहादुर बस्नेतले स्वागत मन्तब्य प्रस्तुत…

  • संविधान दिवस २०७५ को अवशरमा फुटवल कार्यक्रम २०७५-६-३

    संविधान दिवस २०७५ को अवशरमा महिला मैत्री फुटवल खेल कार्यक्रम सम्पन्न भएको छ ।

  • सप्ताहव्यापी कार्यक्रम २०७५-३-६

    लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१८ सप्ताहव्यापी कार्यक्रम अनुसार आज मिति २०७५-०३-०६ गते ११:०० बजे जिल्ला प्रशासन कार्यालयको हाताभित्र प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, प्रहरी नायब उपरीक्षक, कर्मचारी र सेवाग्राहीहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीबाट व्यानरमा लेखिएको नारा वाचन गरी उद्घाटन कार्यक्रम भएको र फार्मेसीहरुको आकस्मिक अनुगमन गर्ने क्रममा जिल्ला स्थित सदरमुकाममा रहेको ८ वटा औषधि पसल अनुगमन गरिएको छ । अनुगमन गर्दा औषधि पसलहरुबाट कुनै पनि किसिमको अवैध औषधिहरु फेला नपरेको साथै सर्वसाधारणको जानकारीको लागि नारा लेखिएको व्यानर जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्गणमा समेत टाँस गरिएको छ ।

  • जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्बन्धमा २०७५-२-२८

    मिति २०७५/०२/२८ गते प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिकाे अध्यक्ष श्री हिरादेवी पौडेल ज्यूकाे अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५ र मनसुन आपत्‌कालीन कार्ययोजना २०७५ स्वीकृत गरिएको छ । बैठकबाट पारित भएका निर्णयहरुका साथै यस वर्षको मनसुनका कारण यस जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको पूर्व तयारी तथा प्रतिकार्यका लागि कार्ययोजनामा उल्लेख भएका गतिविधिहरु कार्यान्वयन गर्न/गराउन हुन सम्पूर्ण सरोकारवाला निकायहरुलार्इ अनुरोध गरिन्छ । साथै विपद् प्रतिकार्य योजना (pdf file) यसै वेबसाइटको डाउनलोड सेक्सनबाट प्राप्त गर्न सकिनेछ ।

  • फ्री वाईफाई र फेसबुक पेज २०७५-३-१

    जिल्ला प्रशासन कार्यालय भोजपुरले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको सहजताका लागि फ्री वाईफाई इन्टरनेट सेवा संचालनमा ल्याएको छ । साथै कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु र अन्य विभिन्न सूचनाहरुबारे सेवाग्राहीहरुलाई जानकारी दिने उद्देश्यले कार्यालयले आफ्नो फेसबुक पेज (fb.me/bhojpurdao) पनि संचालनमा ल्याएको छ ।

  • सुचना प्रकाशन २०७४-४-२

    सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५  (३) र नियमावलीको नियम ३ काे प्रयोजनको लागि  सार्वजनिक गरिएको सूचना

  • राहदानी --

    मिति २०७५ फाल्गुण २३ गतेसम्म आवेदन पेश भएका राहदानीहरु तयार भई आइसकेको हुँदा सम्बन्धित व्यक्तिहरुले यस कार्यालयको राहदानी शाखामा सम्पर्क गर्नुहोला ।

  • राहदानी २०७५-१२-१

    मिति २०७५ माघ २२ गतेसम्म आवेदन पेश भएका राहदानीहरु तयार भई आइसकेको हुँदा सम्बन्धित व्यक्तिहरुले यस कार्यालयको राहदानी शाखामा सम्पर्क गर्नुहोला ।

  • राहदानी २०७५-३-१९

    मिति २०७५ जेठ १६ गतेसम्म आवेदन पेश भएका रसिद नं. १८०४ देखि १८३८ सम्मका राहदानीहरु तयार भई आइसकेको हुँदा सम्बन्धित व्यक्तिहरुले यस कार्यालयको राहदानी शाखामा सम्पर्क गर्नुहोला ।

  • राहदानी २०७५-३-४

    २०७५ जेठ ९ गतेसम्म राहदानीको लागि आवेदन पेश गरेका रसिद नं. १६७७ देखि १८०३ सम्मका राहदानीहरु तयार भई आइसकेको हुँदा सम्बन्धित सेवाग्राहीहरुले यस कार्यालयको राहदानी शाखामा सम्पर्क गर्नुहोला ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय