नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनकुटा

  • नागरिकता घुम्ती शिविर --

    यहि २०७५।१०।२० गतेका दिन यस जिल्लाकाे महालक्ष्मी नगरपालिकाकाे वडा नं.५, ६ र ७ का सेवाग्राहीहरूलाई पायक पर्ने साविक लेगुवा गा.वि.स.काे भवन हाल महालक्ष्मी नगरपालिका वडा नं.६ काे नागेश्वर मन्दिर एरियामा यस कार्यालय, महालक्ष्मी नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट संचालन भएकाे घुम्ती शिविरबाट ६३ महिला, ४२ पुरूष गरी १०५ जनालाई नेपाली नागरिकता प्रदान गरिनुका साथै फाेटो सहितकाे मतदाता नामावली संकलन र स्वास्थ्य सेवा प्रदान गरिएकाे र साे शिविरबाट १९९६।०३।२४ जन्ममिति भएका महालक्ष्मी नगरपालिका वडा नं.६ बस्ने फूल माया माझीले नागरिकता प्रमाणपत्र लिएकाे व्यहाेरा जानकारीकाे लागि यो सूचना प्रकाशित गरिएकाे छ । 

  • नागरिकता घुम्ती शिविर --

    २०७५/०८/०७-- जिल्ला प्रशासन कार्यालय, धनकुटाबाट यस जिल्लाकाे सहिदभूमि गाउँपालिका क्षेत्रकाे वडा नं.६ स्थित थलथलेमा यहि २०७५ मार्ग ४ र ५ गते संचालन भएको घुम्ती शिविरबाट सहिदभूमि गाउँपालिका अन्तर्गतका ११८ जना महिला र ८७ जना पुरूष गरी २०५ जना सेवाग्राहीलाई नागरिकता प्रमाण-पत्र बितरण गरिनुका साथै साे शिविरमा सबैभन्दा बृद्ध २००५/०१/१० जन्ममिति भएका सहिदभूमि गाउँपालिका वडा नं.४ निवासी राम कुमारी राईले सेवा प्राप्त गरेकाे व्यहाेरा जानकारी ।

  • जानकारी --

    २०७४ साल आषाढ ९ गतेदेखि साविकका छ नं.बुधवारे, मुढेवास, कुरूलेतेनुपा, बसन्तटार, माैनाबुधुक, बाेधे, राजारानी, डाँडाबजार, फाक्सीव र खुवाफाेक गा.वि.स.अन्तर्गतका नागरिकता अभिलेखहरू इलाका प्रशासन कार्यालय, राजारानी धनकुटामा पठाई सकिएको हुँदा उल्लेखित साविक गा.वि.स.हरूकाे नागरिकता सम्वन्धी समेतका पत्राचार गर्दा इलाका प्रशासन कार्यालय, राजारानीकाे फ्याक्स नं.०२६-४११००२ वा aaorajarani@gmail.com मा सम्पर्क गरि अभिलेख समेतका कामकाज गर्न गराउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ । 

  • इ.प्रशा.का.राजारानीकाे कार्य क्षेत्र २०७४-७-५

    इलाका प्रशासन कार्यालय, राजारानीकाे क्षेत्रमा पर्ने चाैविसे गाउँपालिका (साविकका छ नं.बुधवारे, मुढेवास, कुरूलेतेनुपा, बसन्तटार, माैनाबुधुक, बाेधे, राजारानी गा.वि.स.हरू)  र साँगुरीगढीका साविकका  (फाक्सीव, खुवाफाेक र डाँडाबजार) क्षेत्रहरूकाे कार्यहरू ।

  • नागरिकता सम्वन्धी सूचना २०७३-४-३०

    यस कार्यालयबाट बिगत २०६९ साल बैशाख १३ गतेदेखि कम्प्यूटर प्रणालीबाट नागरिकता प्रमाण-पत्र बितरण भई आएको व्यहोरा सर्वविधितै छ, सो प्रणालीबाट नागरिकता प्रमाण-पत्र वितरण हुँदा कहिले काँही केही प्राविधिक त्रुटी हुने र साथै कारणवस् बिद्युतीय कठिनाइ समेत हुने हुँदा साथै गृह मन्त्रालयको मिति २०७३।०४।२४ को पत्रानुसार अव आइन्दा यस कार्यालयबाट वितरण हुने नयाँ तथा प्रतिलिपि नागरिकता प्रमाण-पत्र समेत कम्प्यूटराइज गरि मात्र वितरण हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय