नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
डोल्पा

  • संयुक्त घुम्ति शिविर सम्बन्धमा २०७५-८-२६

    यस जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवी शर्माको नेतृत्वमा यस जिल्लाको जगदुल्ला गाउँपालिकामा मिति २०७५/०८/१८ र १९ गते संयुक्त घुम्ती शिविर संचालन गरिएको । उक्त शिविरमा जिल्ला प्रशासन कार्यालय, डोल्पा जम्मा १०२ (महिला ५४ र पुरुष ४८)  जनालाई नेपाली नागरिकताको प्रमाण पत्र र १ (महिला १) जनालाई नावालक परिचय पत्र वितरण गरिएको, जिल्ला अस्पताल डोल्पाबाट संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिब ३५० जनाको स्वास्थ्य परिक्षण गरिएको, शितोष्ण तरकारी विऊ उत्पादन केन्द्रमा १८५ जना कृषकहरुलाई बिभिन्न जातका तरकारी विऊ वितरण गरिएको, जिल्ला निर्वाचन कार्यालयबाट १३२ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरिएको, नापी कार्यालय र मालपोत कार्यालयको सेवा हालसम्म…

  • मदिरा नियन्त्रणसम्बन्धमा २०७५-३-१९

    मिति २०७५/०३/१४ गते बिहान १०:०० बजेको समयमा डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका वडा नं. ३ स्थित लागु औषध निषेध तथा मदिरा नियन्त्रण र नियमन बिशेष अभियान,२०७५ अन्तरगत जिल्ला प्रशासन कार्यालय,डोल्पाले बनाएको कार्ययोजना बमोजिम दुनै बजारमा अवैध घरेलु मदिरा उत्पादन भएको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय, डोल्पा, जिल्ला प्रहरी कार्यालय, डोल्पा, कोष तथा लेखा नियन्त्रण कार्यालय, डोल्पा, स्थानीय जन प्रतिनिधी, पत्रकार, महिला संजाल, महिला सशक्तिकरण समेतको संयुक्त टोलीले बजारका १६ वटा होटलमा गई खानतलासी गर्दा तयारी अवस्थामा बनाएको घरेलु मदिरा २६० लिटर, घरेलु मदिरा बनाउन तयारी गरीएको कच्चा पदार्थ (जाँड) ६४५ लिटर र घरेलु मदिरा बनाउने भाडा ७ सेट रितपूर्वक बरामद…

  • लागू औषध तथा मदिरा नियन्त्रण अभियान,२०७५ २०७५-३-५

    मिति २०७५/०३/०५ गतेका दिन जिल्ला प्रशासन कार्यालय, डोल्पाको आयोजनामा जिल्ला प्रहरी कार्यालय,डोल्पाको सहयोगमा  प्रमुख जिल्ला अधिकारी श्री भूपेन्द्र थापा ज्यूको संयोजकत्वमा प्रहरी नायब उपरिक्षक, जिल्ला समन्वय समितिका प्रमुख उप प्रमुख, सेनानी, गाउँपालिकाका प्रमुख, वडा अध्यक्षहरु, जिल्ला स्थित सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरु, नागरिक समाज, गैर सरकारी संस्थाका प्रमुखहरु,पत्रकार, श्री सरस्वती उच्च माध्यमिक बिद्यालयका शिक्षक र बिधार्थिहरु र स्थानीय बासिहरुको उपस्थितीमा मदिरा र मदिरा जन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न एकजुट हौँ, घरेलु हिंसाको अन्त्य गरी सभ्य र सुसँस्कृत समाजको नर्माण गरौँ, अबैध मदिरा उत्पादन र बिक्रि वितरण बन्द गरौँ, लागु औषध र मदिरा, स्वास्थ्यको लागि खतरा, लागू औषध…

  • जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्बन्धमा २०७५-२-३०

    आज मिति 2075/02/30 गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री भूपेन्द्र थापा ज्यूको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिको बैठस बस्यो । उक्त बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लामा रहेकका ८ वटा ( ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका, छार्काताङसोङ गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिका) स्थानीय तहका प्रमुख एवं उपप्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रमुख,  पत्रकार महासंघका प्रमुख , उद्योग बाणिज्यसंघका प्रमुख, विपद् सम्बन्धी कार्य गर्ने विभिन्न संघ संस्थाका प्रमुख लागायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त बैठकमा ५ (पाँच) वटा निर्णय गरिनुका साथै विपद्को समयमा आपतकालिन…

  • संयुक्त घुम्ति शिविर २०७५-१-२२

    जिल्ला प्रशासन कार्यालय, डोल्पाको आयोजना र छार्काताङसोङ गाउँपालिकाको व्यवस्थापनमा मिति २०७५/०१/१७ र  १८ गते संयुक्त घुम्ति शिविर प्रमुख जिल्ला अधिकारी श्री भूपेन्द्र थापा ज्यूको संयोजकत्वमा सम्पन्न भयो ।उक्त संयुक्त शिविरमा ३८ जनालाई नागरिकता वितरण, ७ जनालाई अपाङ्ग परिचय-पत्र वितरण, १७६ जनालाई आयुर्वेद स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई सम्बन्धी परामर्श सेवा तथा ६० जनालाई पानी शुद्धिकरण सम्बन्धि औषधि वितरण, १६० जनाको स्वास्थ्य जाँच, ७९  जनाको फोटो सहित मतदाता नामावली दर्ता र उक्त गाउँपालिकाका ८० जना कृषकहरुलाई कृषि उपजका बिउबिजन वितरण गरिएको थियो । शिविरमा जम्मा ६०० जना व्यक्तिहरुलाई सेवा प्रवाह  भई लाभान्वित भएको पाईयो । साथै प्रमुख जिल्ला अधिकारी ज्यू बाट…

  • राहत वितरण २०७४-११-८

    मित २०७४/११/०८ गतेका दिन यस जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री भूपेन्द्र थापा ज्यूको अध्यक्षतामा विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, नागरिक समाज, रेडक्रस सोसाइटी आर.आर.एन डोल्पाका प्रमुख र पत्रकारहरुले मिति २०७४/०९/२५ गते त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नं. ८ पाहाडा स्थित ३ वटा घर र मिति २०७४/०९/२६ गते मुड्केचुला गाउँपालिका वडा नं. ९ स्थित होर्त भन्ने गाउँमा ९  घर आगोलागि भई जम्मा १२ घर पूर्णरुपमा क्षेती भएकाले प्राप्त प्रहरी सर्जमिनका आधारमा जिल्ला विपद्व्यवस्थापन समितिबाट निर्णय भएको प्रति घरधुरी रु १५,०००।- (  पन्ध्र हजार मात्र ) नगद, जिल्लास्थित नागरिक समाज, रेडक्रस सोसाइटी र पत्रकार महासंघ डोल्पाद्धारा संकलित राहत रकम…

  • राष्ट्रिय परिचय पत्र सम्बन्धी २०७४-१०-२८

    आज मिति २०७४/१०/२८ गतेका दिन नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रबाट यस जिल्लामा आउनु भएका राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशकको प्रमुख आतित्थ्यमा, यस जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिका उप प्रमुख, ठूली भेरी नगरपालिकाका नगर प्रमुख, जिल्ला स्थित सेना प्रमुख, प्र.ना.उ. विभिन्न राजनीतिक दलका प्रतिनिधी, जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, प्रत्रकार महासंघका अध्यक्ष, पत्रकारहरु, र उपस्थित नागरिकहरुलाई जिल्ला समन्वय समितिको हलमा  राष्ट्रिय परिचय पत्र र यसको व्यवस्थापन , यसको कानूनी प्राबधान, यसका फाईदाहरुका बारेका जानकारी गराईनुका साथै सहभागीहरुबाट उठेका प्रतिक्रिया तथा सल्लाह सुझावमाथि छलफल समेत गरिएको ।

  • छलफल तथा अन्तरक्रिया २०७४-१०-२१

    १) मिति २०७४।१०।२१  गते प्रमुख जिल्ला अधिकारी श्री भूपेन्द्र थापा ज्यू काे अध्यक्षतामा  जिल्लामा कार्यरत पत्रकारहरु र पत्रकार महासंघ डाेल्पा संग डाेल्पाकाे समसामयीक बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भयाे ।उक्त अन्तरक्रियामा पत्रकार महासंघका अध्यक्ष लगायत बाट उठान भएका स्वास्थ्य, सडक यातायात ,हवाई यातायात, महंगी र खाध्यान्न ढुवानीमा देखिएकाे  समस्याहरुका बिषयमा तत्कालै सरकारी कार्यालयका प्रमुखहरुलाई समस्या समाधानकाे लागी निर्देशन दिने प्रतिवद्दता व्यक्त गर्नु भयाे । साथै उहाँले जिल्लाकाे समग्र सार्वजनिक सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा कायम राख्नकाे लागि संचार कर्मीकाे भूमिका र साथ सहयाेग पनि महत्वपूर्ण रहने कुरा उल्लेख गर्नु भएकाे थियाे ।

  • ६९ औ प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा २०७५-११-२

    ६९ औ प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा

  • संयुक्त घुम्ति शिविर सम्बन्धमा २०७५-८-१५

    संयुक्त घुम्ति शिविर सम्बन्धमा

  • CCTV/Camera को प्रयोग २०७५-७-१५

    अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरण प्रभावकारिता बढाउने, CCTV/Camera को प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न यस जिल्ला भित्रका सार्वजनिक, व्यापारिक र निजी प्रयोजनको लागी संचालनमा ल्याईएका एवं CCTV/Camera संचालनमा ल्याउन चाहने सार्वजनिक संस्था/निकाय र व्यक्तिहरुले CCTV/Camera जडान तथा संचालन सम्बन्धी कार्यविधि,२०७२ को अनुसूची -१ बमोजिमका कागजातहरु र  ईजाजतको लागी सोही कार्यविधिको अनुसूची-२ बमोजिम निवेदन दिई अनुमति प्राप्त भए पश्चात मात्र जडान तथा संचालन गर्न सकिने व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ  ।

  • जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरूरी सूचना २०७५-३-१९

  • विश्वकप सम्बन्धी सूचना २०७५-३-६

  • हातहतियार बुझाउने सम्बन्धमा २०७४-७-३०

    मितिः२०७४/०७/२३   सूचना !   सूचना ! !   सूचना  ! ! !    मिति २०७४ साल मंसिर १० गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर राखी समाजमा शान्ति सुरक्षा व्यवस्था कायम राख्न सुरक्षाको काममा खटिएका सुरक्षाकर्मीहरु बाहेक अन्य कुनै पनि ब्यक्तीहरुले कुनै प्रकारको बिष्पोटक पदार्थ वा अन्य रसायनिक वा बिषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदशन गर्न वा गराउन यसै आदेशबाट निषेध गरिएको छ । कानुन बमोजिम हातहतियार राख्न अनुमती प्राप्त गरेका व्यक्तीहरुका नाममा रहेका वन्दुक, पेस्तोल जस्ता हातहतियार मिति २०७४ कार्तिक ३० गते भित्र यस कार्यालय,…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय