नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


  Activities

मिति २०७६ जेठ ०८ गते सम्म राहदानीको लागि यस जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत आवेदन फाराम पेश गर्नु भएका सेवाग्राहीले आफ्नो राहदानी लिन सक्कल नागरिकता र रसिद सहित यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

राहदानी अाए/नअाएकाे हेर्नकाे लागि तलको लिंकमा क्लिक गर्नुहाेस् ।

http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/10-21 samma-pdf.pdf

 

CLICK here to downlode it

http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/शाखा र कर्मचारीको विवरण.xlsx
 

सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, गोरखाको विशेष अनुरोध

१. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । 

२. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । 

३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छु भन्दै विचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका अधिकृतहरुलाई सूचना दिनुहोस

४‍. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । 

५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो । 

६. स्थानीय तह वा अन्य निकायबाट सिफारिस भई अाएको वा लेखी अाएको काममा थप निवेदन लेखी रहनु पर्दैन । 

७. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । त्यसका लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।

८. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर तथा तयार छन् । 

९. कार्यालयको सेवा सम्वन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट daogorkha.moha.gov.np मा लगइन गरेर  साथै यस कार्यालयको फेसवुक पेज www.facebook.com/daogorkha अर्थात facebook page DAO GORKHA बाट पनि यस कार्यालयको विभिन्न गतिविधि, सूचना तथा समाचार समेत जानकारी लिन सकिने छ । 

१०. कार्यालयको काम सम्बन्धमा कुनै गुनासो भएमा यस कार्यालयको कोठा नं. १०५ मा गई गुनासो अधिकारीसँग सम्पर्क गर्नुहोस ।

  • अाैषधी पसलकाे अनुगमन २०७५-१०-२२

    यहि मिति २०७५/१०/२१ गतेका दिन सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक श्री पुष्पराज पौडेलको संयाजकत्वमा गरिएको गोरखा बजार तथा लक्ष्मीबजारमा संचालित आठ मेडिकल, आयुर्बेद तथा डेण्टलहरुमा गरिएको अनुगमनमा तीन मेडिकल सामान्य रहेको, एक आयुर्बेद पसलमा मेडिकलका औषधि समेत विक्री वितरण गर्ने गरेको, एक मेडिकल स्थानीय तहमा समयमा नविकरण नगरेको, एक मेडिकल सञ्चालक तथा फर्मासिस्ट दोहोरो काम गर्ने गरेको, एक मेडिकलले अर्कै ठाउँमा सञ्चालित अर्कै मेडिकलको नाममा किराना, स्टेसनरी तथा औषधि संयुक्त रुपमा विक्रि वितरण गर्ने गरेको तथा एक डेण्टलले लामो समयदेखि कुनैपनि निकायमा नविकरण स्विकृति अनुमति नलिइ सञ्चालन गरेका पाईयो । यसरी गैर कानूनी रुपमा सञ्चालित मेडिकल,…

  • खाेला तथा क्रसरकाे प्रजिअद्वारा अनुगमन २०७५-१०-१९

    मिति २०७५/१०/१९ गतेका दिन गोरखाका खोलाहरुमा कानून विपरित जेसिवी प्रयोग गरेको भन्ने गुनासो तथा गण्डकी प्रदेश सचिवस्तरिय प्रादेशिक अनुगमन समितिले दिएको निर्देशन बमोजिम जिल्लाका खोला तथा सञ्चालित क्रसर उद्योगहरुको जानकारी तथा सामान्य अनुगमन गरिएको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदद्धारा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रिवितरण तथा उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थि गर्ने कार्यविधि २०७५ अनुसारको मापदण्ड, गण्डकी प्रदेशको सचिव स्तरिय प्रादेशिक अनुगमन समितिको निर्देशन तथा स्थानीयको जनगुनासोको आधारमा अनुगमन गरिएको थियो । करिब ३ दिन अघि गरिएको गण्डकी प्रदेशको सचिव स्तरिय प्रादेशिक अनुगमन समितिकाे अनुगमनको समयमा खोलामा नौ वटा जेसिवी प्रयोगमा रहेकोले कानून अनुसार कारवाही गर्न दिएका…

  • नवनियुक्त शाखा अधिकृतको गोरखा भ्रमण २०७५-१०-१८

        नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा प्रशिक्षणरत नवनियुक्त शाखा अधिकृतहरुको देशदर्शन (Know your country) अध्ययन भ्रमण अन्तर्गत एक समुह गोरखा भ्रमणमा रहेको छ । यसै क्रममा मिति २०७५÷१०÷१६ गते जिल्ला प्रशासन कार्यालय गोरखाको सभाहलमा गोरखा प्रमुख जिल्ला अधिकारी श्री गजेन्द्र बहादुर श्रेष्ठ ज्यूको अध्यक्षतामा भ्रमणकारी टोलीसँग गोरखा जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, जिल्लाका कार्यालय प्रमुखहरु लगाएतको उपस्थितीमा जिल्लाको जनजीविका एवं पुननिर्माणसँग सम्बन्धित विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।         उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत श्री गौतम भण्डारीले जिल्लाको जनजिवीकाको स्थिति एवं भूकम्प पश्चातको पुननिर्माणको स्थितिका सम्बन्धमा, प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञवालीले भूकम्प लगत्तैको जिल्लाको…

  • कार्यालय अनुगमन सम्पन्न २०७५-१०-१४

             आज मिति २०७५/१०/१४ का दिन यस जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री पुष्पराज पौडेलको संयोजकत्वमा यस जिल्लामा रहेका मालपोत कार्यालय, नापी कार्यालय, नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्र तथा जलश्रोत तथा सिंचार्इ विकास डिभिजन कार्यालयहरूको छड्के अनुगमन निरीक्षण गर्दा विभिन्न कार्यालयका सात जना अनुपश्थित कर्मचारीहरूसँग स्पष्टिकरण सोधिएको तथा निर्धारित पोशाक नलगाउने दुर्इजना कर्मचारीहरूलार्इ सचेत गराइएको छ ।

  • राष्ट्रिय भुकम्प सुरक्षा दिवस सम्बन्धी अन्तरक्रिया २०७५-१०-२

    आज मिति २०७५/१०/०२ गतेका दिन २१ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवशको सन्दर्भमा आयोजित त्रिदिवशिय कार्यक्रमको अन्तिम दिन जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रम समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय गोरखाका नि. प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा जिल्लाका स्थानीय तहका प्रतिनिधि तथा जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीको उपस्थितिमा सम्मन्न भयो । उक्त कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय) का प्रमुख रामशरण आचार्य, जि.आ.का.ई. (शिक्षा) का प्रमुख राम प्रसाद आचार्य तथा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन)का ईन्जिनियर युवक श्रेष्ठ लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको…

  • प्रमुख जिल्ला अधिकारीज्यू द्वारा कारागार निरीक्षण २०७५-९-२५

    आज मिति २०७५।०९।२५ गतेका दिन यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला न्यायाधिश श्री बसन्त पौडेल, प्रहरी उपरीक्षक श्री भोला बहादुर रावल, जिल्ला न्यायाधिवक्ता श्री सुरेन्द्र राज काफ्ले, राष्ट्रिय अनुसन्धान गोरखाका प्रमुख श्री सविन श्रेष्ठ, स.प्र.बल गोरखाका स.प्र.ना.उ. श्री लिलाराम पुन तथा वार एशोसियसन गोरखाका अध्यक्ष श्री यादब प्रसाद शर्मा समेतले कारागार कार्यालय, गोरखाको निरीक्षण गरी विद्यमान अवस्थामा कारागार सुधार, बन्दीहरुको अदालती प्रकृयाका समस्याहरुमा सहजिकरण तथा शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा आवश्यक निर्देशन तथा सुझाबहरु दिनुभयो ।

  • मनकामना बजार अनुगमन २०७५-९-१८

    मिति २०७५।०९।१७ गतेका दिन जिल्ला प्रशासन कार्यालय गोरखाका प्र.अ. श्री डिल्ली प्रसाद श्रेष्ठको नेतृत्वमा गोरखा जिल्ला शहिद लखन गा.पा. अन्तर्गत मनकामना बजारमा गरिएको बजार अनुगमनको समयमा अनुगमन गरिएिका १२३ पसल मध्ये ५२ वटा होटल (५० प्रतिशतमात्र घरेलुमा दर्ता तर प्यानमा सबै दर्ता), १३ वटा फोटो स्टुडियो (प्यानमा ९ वटामात्र दर्ता, ५ वटा मात्र घरेलुमा दर्ता), माला पसल ४५ (दर्ता ११, दर्ता नरहेको ३४), अन्य (ठेकी, हेन्डीक्राफ्ट, किरान आदि) १३ (दर्ता ७ मात्र) समाबेश गरिएको थियो । यस अनुगमनबाट अधिकांश पसल दर्ता नरहेको, माला पसलमा ९० प्रतिशत भन्दा बढी दर्ता नरहेको, होटल बाहेक केही होटल साथै अन्य अधिकांश पसले मुल्य सुची…

  • जनप्रतिनिधिसँगकाे समन्वयात्मक बैठक २०७५-९-९

    अाज मिति २०७५।०९।०९ गतेका दिन गाेरखा जिल्लाका प्र जि अ श्री गजेन्द्र बहादुुुर श्रेष्ठ ज्यूकाे अध्यक्ष्यतामा वसेकाे संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू बीच समन्वयका लागि बसेकाे समन्वयात्मक बैठकमा जिल्लाका प्रतिनिधि सभा सदस्य हरिराज अधिकारी, प्रदेश सभा सदस्य हरिशरण अाचार्य, जि स स प्रमुख अशाेक कुमार गुरूङ, जि स स उपप्रमुख जानुका अधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएतकाे उपस्थिति रहेकाे थियाे । उक्त बैठकमा जिल्लाका विकास कार्यक्रम तथा कार्यहरूमा समन्वय गर्ने, जिल्लाकाे शान्ति सुरक्षालाइ मजबुत तुल्याउने, स्थानीय तहहरूलाइ सशक्त बनाउने लगाएतका विषयमा छलफल भएकाे थियाे ।

  • बजार तथा यातायात छड्के जाँच तथा अनुगमन २०७५-७-७

    दशैंको समयपश्चातको समयमा सार्वजनिक यातायातका साधनहरूले यात्रुहरूवाट तोकिएको भन्दा वढी भाडा लिएको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाले गोरखा नगरपालिका वडा नं. ११ मा जिल्ला भित्रिएका एवं जिल्लावाट वाहिरिएका विभिन्न सार्वजनिक सवारी साधनहरूमा छड्के जाँच तथा अनुगमन गरेको छ । सो अनुगमनका क्रममा निर्धारित भाडादर भन्दा वढी भाडा लिएको फेला नपरेतापनि सार्वजनिक यातायातका साधनहरू  एवं यात्रुहरूलार्इ निर्धारित भाडादर भन्दा वढी भाडा नलिन/नदिन निर्देशन दिइएको थियो । यसै गरी सोही टोलीले गो. न. पा. १० छेपेटारका विभिन्न पसलहरूमा अनुगमन समेत गरेको छ । उक्त अनुगमनका क्रममा प्रदिप किराना पसलवाट देउराली घ्यू १/२ के. जी. को ३ वट्टा, न्यू क्रियसन ग्रोसरी स्टोर्सवटा…

  • वजार अनुगमन सम्पन्न २०७५-६-२९

    वजार अनुगमन सम्पन्न       दशैंको समयमा वजारमा भर्इरहेका गतिविधिहरूलार्इ व्यवस्थित गरी उपभोक्ताहरूले गुणस्तरीय वस्तु प्रतिस्पर्धी मूल्यमा प्राप्त गर्न सक्ने वातावरणको सिर्जना गरी उपभोक्ता हितको रक्षा गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाको नेतृत्वमा जिल्ला सदरमुकामका विभिन्न पसलहरूमा वजार अनुगमन सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतद्वय गौतम भण्डारी र डिल्लीप्रसाद श्रेष्ठले नेतृत्व गर्नुभएको दुर्इ अनुगमन समूहमा पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका कार्यालय एवं निकायहरूको सहभागिता रहेको थियो । सदरमुकामका तरकारी पसल, होटल, मासु पसल, खाद्यान्न पसल लगायतका ३० पसलहरूमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका…

  • कार्यालय सारिएको सम्बन्धमा २०७६-३-३

    कर्मचारी सञ्चय काेष शाखा कार्यालय, पाेखरा, पाेखरा म.न.पा. ९, नयाँबजार स्थित काेषकाे भवनबाट कार्यालय सञ्चालन गर्दै आएकाेमा मिति २०७६।३।१ गते देखि पाेखरा म.न.पा. वडा नं. १७, बिराैटा स्थित काेषकाे आफ्नाे भवनबाट कार्य सञ्चालन शुरू भएकाे जानकारी सम्बन्धमा

  • हज यात्रीहरूले Fingerprint लिने सम्बन्धी सूचना २०७६-१-२

    गृह मन्त्रालय, नेपाल हज समितिकाे सचिवालय, बबरमहल, माठमाडाैंकाे च.नं. १६४ मिति २०७६/०१/०२ गतेकाे छनाैछ भएका आवेदकहरुले अनिवार्य रुपमा Fingerprint िलने सम्बन्धी सूचना ।

  • राजस्व सम्बन्धी सूचना २०७५-१०-२८

    मिति २०७५।११।१ गतेबाट यस कार्यालयमा कुनै पनि प्रकारको राजस्व नलिइने MRP, संस्था दर्ता÷नविकरण लगायतको राजस्व तलको राजस्व शिर्षकमा राष्ट्रिय वाणिज्य बैंक, गोरखामा बुझाई भौचर लिई आउनुहुन सम्पूर्ण सेवाग्राहीमा यो सूचना प्रकाशित गरिएको छ ।   MRP राजस्व बुझाउन अनुसूची ३.१ सेतो भौचर एकल खाता रहेको बैंक शाखा M राष्ट्रिय वाणिज्य बैंक, गोरखा बैंक खाता नं.M १०००२०००१०००० कार्यालय कोडः ३१४००३६०१ राजस्व शिर्षक नं. १४२२७   थप जानकारीM Ø १० वर्ष मुनी उमेरका बालबालिकालाई MRP बनाउन जनही २,५००।– Ø १० वर्ष भन्दा माथि सबै उमेर समूहको नयाँ MRP बनाउनको लागी रु. ५,०००।– Ø MRP हराएमा÷केरमेट भएमा वा अन्य कुनै कारणवश विग्रीएमा रु.…

  • सूचना २०७५-१०-७

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, गण्डकी प्रदेश, पाेखराकाे, (शासकीय सुधार तथा समन्वय महाशाखा) काे प.सं. ०७५/०७६ मिति २०७५/१०।०४ गतेकाे हेलाे मुख्यमन्त्री कार्यक्रममा गुनासाे गर्ने सम्बन्धी सूचना हेर्नकाे लागि  संगैकाे attach file मा जानु हुन अनुराेध छ । 

  • प्रमुख जिल्ला अधिकारीज्यू द्वारा कारागार निरीक्षण २०७५-९-२५

    आज मिति २०७५÷०९÷२५ गतेका दिन यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला न्यायाधिश श्री बसन्त पौडेल, प्रहरी उपरीक्षक श्री भोला बहादुर रावल, जिल्ला न्यायाधिवक्ता श्री सुरेन्द्र राज काफ्ले, राष्ट्रिय अनुसन्धान गोरखाका प्रमुख श्री सविन श्रेष्ठ, स.प्र.बल गोरखाका स.प्र.ना.उ. श्री लिलाराम पुन तथा वार एशोसियसन गोरखाका अध्यक्ष श्री यादब प्रसाद शर्मा समेतले कारागार कार्यालय, गोरखाको निरीक्षण गरी विद्यमान अवस्थामा कारागार सुधार, बन्दीहरुको अदालती प्रकृयाका समस्याहरुमा सहजिकरण तथा शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा आवश्यक निर्देशन तथा सुझाबहरु दिनुभयो ।  

  • हज सम्बन्धी जरूरी सूचना । २०७५-९-३

    २०७६  सालमा साउदीकाे मक्का मदिनामा हजकाे लागि जान चाहाने जिल्ला वासीलार्इ  मिति २०७५।०९।२३ गतेसम्म कार्यालय समय भित्र यस कार्यालयमा अावश्यक कागजात सहितकाे फाराम भरी अावेदन दिनु हुन अनुराेध छ । विस्तृत विवरणकाे लागि संगैकाे attach file मा जानु हुन अनुराेध छ । 

  • महाेत्सव तथा मेला --

    जिल्ला प्रशासन कार्यालय गोरखाकाे जरुरी सूचना । परियोजना कार्यान्वयन इकाई, सुन्तलाजात फलफूल जोन, गोरखाको च.नं. ६९ मिति २०७५/०८/११ गतेको पत्रानुसार तेश्रो सुन्तला महोत्सव तथा कृषि मेला प्रदर्शनी २०७५ यहि मिति २०७५ मंसीर १५ गते विहान ११M३० बजे शहिद लखन गाउँपालिका–३, रामशाह बजार मनकामनाको फेदीमा हुने भएको हुँदा सम्पूर्ण कार्यालय प्रमुख ज्यूहरुको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

  • दिपावली सम्बन्धी सूचना २०७५-७-१९

    जिल्ला प्रशासन कार्यालय गोरखाको  देउसी भैलो सम्बन्धी  जरुरी सूचना । प्रस्तुत विषयमा नेपालीहरुको घर दैलोमा आई सकेकाे एक महान चाड तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एबम् विद्युतीय उपकरणहरु बाली दिपावली मनाउदा आगलागि जस्ता विपद्का घटना घट्न सक्ने भएकोले यस्ता कार्यहरु कम गर्नुहुन तथा गर्नै परेमा होसियार पुर्वक गर्नु गराउनु हुन सम्पुर्ण जिल्ला वासीमा अनुरोध छ ।  त्यस्तै यस अवसरमा देउसी भैलो लगाएतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । यस्ता कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अवान्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पु¥याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगाएतका सार्वजनिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु बेलुका १०ः०० बजेसम्म…

  • CCTV/Camera जडान तथा सन्चालन सम्बन्धी जरुरी सूचना २०७५-७-१६

    प्रस्तुत विषयमा अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्यमा विद्युतीय उपकरणको प्रभावकारिता बढाई CCTV/Camera जडान र प्रयोगलाई प्रोत्साहन तथा व्यवस्थापन गर्ने उद्देश्यले गृह मन्त्रालयद्धारा मिति २०७२।०७।२५ मा CCTV/Camera जडान तथा सन्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गरेको व्यहोरा विदितै छ । उक्त कार्यविधि अनुसार CCTV जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्यदृश्य तथा अन्य विद्युतीय चित्रहरु न्यूनतम अवधीसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था प्रभावकारी नभएको गुनासो आएको छ । सो सम्बन्धमा जिल्ला भित्र CCTV/Camera जडान गर्ने व्यक्ति, संघ, संस्था तथा कार्यालयहरुले अनिवार्य रुपमा यस कार्यालयबाट अनुमति लिएर जडान गरि कार्यविधि अनुसार मात्र सञ्चालन गर्नु गराउनु हुन तथा जडान गरिसकेका व्यक्ति, संघ, संस्था तथा…

  • बडादशैंकाे साइत सम्बन्धमा २०७५-६-१८

    २०७५ सालकाे बडादशैंकाे सार्इत तपसिल बमाेजिम रहेकाे व्यहाेरा जानकारीकाे लागि अनुराेध छ । तपसिल १)         वि.सं. २०७५ आश्विन २४ गते, बुधबार – नवरात्रारम्भ, घटस्थापना बिहान ७.१५ बजे । २)         वि.सं. २०७५ आश्विन २५ गते, बिहिबार– नवरात्रारम्भ, झण्डा फेर्ने बिहान १०.२४ बजे ।(पश्चिम मोहडा) ३)         वि.सं. २०७५ आश्विन २८ गते, आर्इतबार – श्रीपचलीभैरवयात्रा । ४)         वि.सं. २०७५ आश्विन ३० गते, मंगलबार – फूलपाती, श्रीतुलजाभवानी यात्रा बिहान ९.२१ बजे ।                                              स्थिरासन बिहान १०.०२ बजे । ५)         वि.सं. २०७५ आश्विन ३१ गते, बुधबार – महाअष्टमी, कालरात्रि । ६)         वि.सं. २०७५ कार्तिक १ गते, बिहिबार – महानवमी। ७)         वि.सं. २०७५ कार्तिक २…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय