नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मकवानपुर

  • ज्येष्ठ नागरिकलाई नागरिकता प्रमाणपत्र प्रदान । २०७५-७-१४

    जनताको घरदैलोमा पुगि सेवा पुर्याउने उद्देश्यकासाथ बागमती गाउँपालिकालाई लक्षित गरी आज मिति २०७५-०७-१४ गतेदेखि संचालित ६ दिने नागरिकता वितरण घुम्ती शिविरमा बागमती गाउँपालिका वडा नं. ६ बस्ने ७२ वर्षिय ज्येष्ठ नागरिक जीत बहादुर मुक्तानलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको ।

  • जिल्ला प्रशासन कार्यालय, मकवानपुरको अपिल । २०७५-६-१४

  • सेवाग्राहीलाई सम्मान । २०७५-५-२२

    निजामती सेवा दिवस, २०७५ को अवसरमा कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत राहदानीको सिफारिस लिन आउनुभएका जिल्ला मकवानपुर, हेटौडा-१९ बस्ने श्री नवराज स्याङतानलाई प्रमुख जिल्ला अधिकारीज्यूद्वारा सम्मान गरिदै ।

  • एकीकृत घुम्ती शिविर संचालन गर्ने बारेको सूचना । २०७५-४-३१

    जिल्ला प्रशासन कार्यालय, मकवानपुरको एकीकृत घुम्ती शिविर संचालन गर्ने बारेको अत्यन्त जरुरी सूचना   जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले यही मिति २०७५ भदौ १ र २ गते हेटौडा उप-महानगरपालिकाको वडा नं. १२ र १३ लाई लक्षित गरी हेटौडा उ.म.न.पा., पदमपोखरीस्थित मिलन चौकमा नागरिकता प्रमाण–पत्र वितरण, फोटोसहितको मतदाता परिचय पत्र नामावली संकलन तथा स्वास्थ्य सेवा सहितको एकीकृत घुम्ती शिविर संचालन गर्ने कार्यक्रम रहेको हुँदा सम्बन्धित सबैले उल्लेखित सेवाहरुबाट लाभान्वित हुन उक्त दिनहरुमा उपस्थित हुन हार्दिक अनुरोध छ ।

  • परिचय तथा छलफल कार्यक्रम सम्पन्न । २०७५-४-१५

    आज मिति २०७५-०४-१५ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङको अध्यक्षतामा बसेको छुट्टा छुट्टै बैठकमा जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, जिल्लामा सक्रिय संचारकर्मीज्यूहरु र जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखज्यूहरुसँग परिचय तथा छलफल गरिएको ।   

  • प्र.जि.अ.ज्यूबाट पदभार ग्रहण । २०७५-४-१४

    जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सरुवा भई आउनुभएका श्रीमान् प्रमुख जिल्ला अधिकारी अस्मान तामाङज्यूलाई स्वागत गरिदै तथा प्रमुख जिल्ला अधिकारीज्यूबाट पदभार ग्रहण ।

  • प्रमुख जिल्ला अधिकारीज्यूको विदाई कार्यक्रम । २०७५-४-१३

    प्रमुख जिल्ला अधिकारीज्यूको विदाई कार्यक्रम । जिल्ला प्रशासन कार्यालय, कास्की सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी श्री चक्रबहादुर बुढाको जिल्ला प्रशासन कार्यालय, मकवानपुरद्वारा आयोजना गरिएको विदाई कार्यक्रम ।   

  • आ.व. २०७४/७५ मा सम्पादन भएका कार्यहरु । २०७५-४-८

    जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट आ.व. २०७४/७५ मा सम्पादन भएका कार्यहरु ।

  • अन्तर्राष्ट्रिय दिवस,२०१८ मनाइएको । २०७५-३-१२

    लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०१८ मनाइएको ।   लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०१८ को अवसरमा मिति २०७५ असार १२ गते जिल्ला स्तरीय लागू औषध नियन्त्रण अभियान समितिको आयोजनामा विभिन्न सरकारी निकायका प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी, विद्यार्थी लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा प्रभातफेरी, कोण सभा, सडक नाटक प्रदर्शनका साथै लागू औषध दुर्व्यसनी विरुद्ध क्रियाशील संस्थाहरुलाई प्रमुख जिल्ला अधिकारीज्यूबाट सम्मान तथा प्रशंसा पत्र वितरण गरिएको ।    

  • अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको । २०७५-३-९

    उपभोक्ता हित सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको । आज मिति २०७५-०३-०९ गते यस जिल्लाको थाहा न.पा. मा प्रमुख जिल्ला अधिकारीज्युको अध्यक्षतामा विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा उपभोक्ता हित सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ।

  • राहदानी तयार भै आएको । २०७५-७-९

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ९३१ देखि १०९० सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद र एकप्रति फोटो लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • राहदानी तयार भै आएको । २०७५-७-९

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ६६६ देखि ९३० सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद र एकप्रति फोटो लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • जिल्ला प्रशासन कार्यालय, मकवानपुरको सूचना । २०७५-६-७

  • राहदानी तयार भै आएको । २०७५-६-४

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ३३६ देखि ६६५ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद र एकप्रति फोटो लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • राहदानी तयार भै आएको । २०७५-५-३

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ५७७५ देखि ५९६९ र १ देखि ७१ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • राहदानी तयार भै आएको । २०७५-४-१८

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ५५६७ देखि ५७७४ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • जिल्ला प्रशासन कार्यालय, मकवानपुरको जरुरी सूचना । २०७५-४-७

  • राहदानी तयार भै आएको । २०७५-४-२

    राहदानी तयार भै आएको । यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ५३४६ देखि ५५६६ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • राहदानी तयार भै आएको । २०७५-३-१४

    राहदानी तयार भै आएको । यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ५१६२ देखि ५३४५ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • सूचना । २०७५-३-१४

    छात्रावास, ट्यूसन सेन्टर, कन्सल्टेन्सी र कोचिङ्ग सेन्टर नियमानुसार दर्ता गर्ने बारेको सूचना ।  



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय