नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मुगु


  जिल्लाकाे परिचय

 

                 

 

 

            नेपालको ६ न उत्तरी भेगमा अवस्थित अति विकट दुर्गम र पिछडिएको जिल्लाको रुपमा मुगु जिल्ला चिनिन्छ । ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा  पौराणिक  किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढी रहेको छ । प्राय : मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको  मालिक भन्न रुचाउछन् । यस जिल्ला मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता नदीहरु त्यसैका छेउछाउमा बस्ने डाँफे, कालिज चराहरुको सुमधुर धुन र कस्तुरीहरुको नाचले मुगु जिल्लाको बिशेष परिचय दिन्छन् । पशुपालन, साना व्यवसाय र जडीबुटी प्रमुख रहेका छन । स्वास्थ्य, शिक्षा जस्तो सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको भएता पनि विस्तारै आफु र आफ्ना आवश्यकताहरुको पहिचान गर्नसक्ने यस क्षेत्रका बासिन्दाको चेतनामा बृद्धि हुँदै आएको पाईन्छ । सडक यातायातको अभावमा महंगो खाद्यान्न तथा औषधोपचारको सामना गरी रहनु परेको छ । निकट भविष्यमा जनता स्वयं र सरकारी प्राथमिकताको आधारमा विकासको उज्यालो देख्ने कुरामा यहाँका बासिन्दाहरु आशावादी रहेका छन् । मुगु जिल्लामा भौगोलिक बिबिधतासंग धार्मिक, सांस्कृतिक तथा भेष भुषामा पनि विविधता भएको जिल्ला हो । यहाँको सांस्कृतिक विविधता निकै अचम्म लाग्दो छ । त्यसैगरी यस जिल्लामा असुरो देखि यार्सागुम्वा र सिसौ देखि देवदार जस्ता काठ पाईने हुनाले यहाँको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाईन्छ । त्यसै गरी तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाईने सुन्तला र हिमालमा पाईने स्याउ, नास्पती जस्ता फलफूलहरु पाईनुका अतिरिक्त बाबियो, घाँस देखि बुकी फूल सम्म पाईने यस जिल्लाको भौगोलिक विविधता पनि अचम्मको नै छ । पौराणिक किम्वदन्ती अनुसार विभिन्न भनाईहरु रहेता पनि यस जिल्लाको उत्तर भेगकोमा पर्ने मुगु गाँउको नामबाट यस जिल्लाको नाम रहन गएको छ  ।

 

भौगोलिक स्थिती ­

क्षेत्रफल                                    :–         ३१०३ बर्ग किलो मिटर

उचाई                                       :–         १२०१ मिटर देखि ६७०७ मिटर सम्म 

अक्षांस                                     :–         २२ डि.४० देखि २९ डि.५६.३० उत्तरी अक्षांस ।

देशान्तर                                    :–         ८१ डि.४६.४० देखि ८२ डि. ४९.५७ पूर्व 

सदरमुकाम गमगढीको उचाई    : –            २२६६ मिटर

 

 सीमाना

पूर्व                  :-         डोल्पा

पश्चिम               :-          बाजुरा

उत्तर                 :-          हुम्ला देखि चीनको स्वशासित क्षेत्र तिव्वत

दक्षिण              :-          जुम्ला, कालिकोट

 

 स्थानिय तह संरचना अनुसार मुगु जिल्लाको बर्गिकरण :-

क)  खत्याड गाउँपालिका  :–        सेरी, खमाले, गम्था, श्रीकोट, कोटडाँडा, सुकाढिक, ह्याङलु ( ७ वटा गा.बि.स.) ।

ख)  सोरु गाउँपालिका                   :–         जिमा, रारा, कालै, धैनाकोट, भिई, फोतु, नाथर्पु ( ७ वटा गा.बि.स.) ।

ग)  छायाँनाथ रारा न.पा.               :–        रोवा, रुघा, पिना, श्रीनगर, कार्कीवाडा (५ वटा गा.बि.स.)

घ)  मुगुम कार्मारोंग गाउँपालिका    :-         मुगु , डोल्फु, पुलु, किम्री र मांग्री (५ वटा गा.बि.स.)

 

 हावापानी र तापक्रम

मुगु जिल्लाको समशितोष्ण, उष्ण, शितोष्ण र शीत प्रधान हिमाल (ठण्डा शितोष्ण) समेत जम्मा ४ किसिमका हावापानी पाईन्छ ।

 तापक्रम हिउरेखा भन्दा तल न्यूनतम ८ डिग्री सेल्सियस देखि अधिकतम ३० डिग्री सेल्सियस हिउ रेखा भन्दा माथी ० डिग्री सेल्सियस ।

औसत बार्षिक बर्षा       : –   ७०६   मि.मि. सम्म ।

  प्राकृतिक सम्पदा

१)  मूख्य नदी  :–  डोल्फु कर्णाली र मुगु कर्णाली । (२) खोला :– खत्याड, गमगाढ आदी । (३) प्रमुख ताल :– राराताल

जनसंख्या        :–    २०६८ सालको जनगणनाको प्रारम्भिक नतिजाको आधारमा ।

कुल जनसंख्या   :–    ५५१००                   महिला            :–   २६५९२          पुरुष                 :–      २८५०८

बृद्धिदर             :–    २.०९ %                  घर संख्या         :–   ९३०२           परीवार संख्या      :–       ९६७७

साक्षरता पुरुष     :–    ४९.५%                 साक्षरता महिला :–    ९%             जनसंख्या बृद्धिदर :–       २.०९%

 

  • मानव बेचविखन तथा ओसारपसार नियन्त्रण दिवस २०७६ --

    सरकारको प्रतिबद्दता मानव बेचविखन ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्दता भन्ने मूल  नाराका साथ मानव बेचविखन तथा ओसारपसार बिरुद्वको तेह्रैा राष्ट्रिय दिवस २०७६ भाद्र २० गते का दिन प्लेकार्ड सहित र्याली तथा कोणसभा गरी विद्यार्थी, शिक्षक, जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज लगायत सरोकारवालाहरुको ब्यापक सहभागितामा सम्पन्न गरियो ।

  • निजामती सेवा दिवस २०७६ --

    सक्षम निजामति प्रशासन विकास सम्बृदि र सुशासन भन्ने नाराका साथ निजामती सेवा दिवस २०७६ मुगु जिल्लामा खुल्ला ब्याडमिण्टन प्रतियोगिता, प्रभातफेरि अनुतरक्रिया कार्यक्रम गरी भब्य रुपमा मनाईयो ।

  • आगलागी पिडितलाई राहत वितरण --

    मिति २०७६।०४।१९ गते राती यस जिल्लाको खत्याड गाउँपालिका वडा नंं २ मा भएको आगलागीबाट पिडित परिवारहरुलाई जिल्ला विपद बयवस्थापन कोषबाट तत्कालिन राहतस्वरुप प्रति परिवार नगद रु.१०,०००। (अक्षरुपी दश हजार मात्र) सहित त्रिपाल, कम्मल, भाँडाकुडा, तन्ना, म्याट, धोती कपडा तथा चामल घटना स्थलमा नै गएर वितरण गरिएको छ ।

  • सशस्त्र द्धन्दमा भएका घाईते अपांगहरुका लागि सूचना --

    सशस्त्र द्धन्दमा भएका घाईते अपांगहरुका लागि सूचना

  • जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य याेजना २०७६ --

    विपदको दृष्टिले नेपाल जोखिमपूर्ण देश हो । कमजोर, जटिल तथा विविधतायुक्त भू–वनोट र भौगर्भिक संरचनाका कारण भूकम्प, बाढी, पहिरो, खडेरी, हिमपात, शितलहर, चट्याङ्ग जस्ता प्राकृतिक र महामारी, आगलागी, दुर्घटना  वातावरणीय प्रदुषण जस्ता मानव सिर्जित विपद्वाट ठूलो संख्यामा जनधनको क्षति हुने गरेको छ । कम विकसित राष्ट्रमा विपदवाट हुने क्षति विकसित राष्ट्रको तुलनामा धेरै छ । विद्यमान स्रोत साधनको पहिचान र अधिकतम परिचालन गर्दै विपद\ जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्न सरकारी, गैरसरकारी लगायत सबै सरोकारवालाहरुको संयुक्त सहकार्य सहभागिता र समन्वय आवश्यक पर्दछ ।    विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४, को दफा १६ अनुसार गठित जिल्ला विपद् ब्यवस्थापन समितिको काम…

  • अन्तराष्ट्रिय दिवस जुन २६ २०१९ लागू औषधरहित जीवन २०७६-३-११

     समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वस्थ जीवन” भन्ने राष्ट्रिय नाराका साथ लागू औषध दूरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१९ निम्नानुसार सप्ताहब्यापी कार्यक्रम गरी मनाईयो ।   मिति २०७६।०३।०५ गते विहान ८M०० बजे प्र.जि.अ., नेपाल प्रहरी, शसस्त्र प्रहरी, अन्य सरकारी तथा गैर सरकारी निकायका प्रमुख समेतको सहभागितमा छायाँनाथ रारा नगरपालिकाको बजार एरिया तथा चैनगाउँ स्थित छायाँनाथ मन्दिर परिसरमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम÷नेपाल प्रहरीद्धारा लागू औषध सम्वन्धि २ दिने प्रशिक्षक प्रशिक्षण तालीम । मिति २०७६।०२।०६ गते सशस्त्र प्रहरीद्धारा जिल्ला सदरमुकाम स्थित महकाली मा.वि.का कक्षा ९ र १० का ६५ जना विद्यार्थीहरुलाई लागू औषध विरुद्ध सचेतनामूलक कक्षा संञ्चालन…

  • विश्व वातवरण दिवस भब्य रुपमा मनाईयाे २०७६-२-२२

    एक नेपाली एक फलफुल विरुवा राेपण अभियानलाइ निरन्तरता दिदै विश्व वातावरण दिवस जुन ५ २०१९ का दिन यस मुगु जिल्लाका सरकारी कार्यालयहरुमा निम्नानुसार बृक्षाराेपण गरी विश्व वातावरण दिवस भब्य रुपमा मनाइयाे । 

  • सेवा ग्राहीसँग जी प्रशा का, मुगुको विशेष अनुराेध २०७५-३-४

    सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, मुगुकव विशेष अनुरोध १. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।  २. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । ३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छौ भन्दै विचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ज्युलाई सूचना दिनुहोस । ४‍. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । ५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय