नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पर्वत


  राहदानी वितरण सम्बन्धी सूचना

२०७५ साल मंसिर १९ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूकाे राहदानी तयार भर्इ वितरण भर्इरहेकाे हुँदा आवेदनकर्ता स्वयं राजस्व तिरेकाे भाैंचर, नागरिकता प्रमाणपत्र र पुरानाे राहदानी हुनेहरूले साे समेत अनिवार्य साथमा लिर्इ जिल्ला प्रशासन कार्यालय, पर्वतकाे राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

  • माेदि गा पा ७ राम्जादेउरालीमा घुम्ति शिविर सम्पन्न २०७५-९-२७

    मिति २०७५/०९/२६  गते मोदी गाउँपालिकाको वडा नं. ७ राम्जा देउरालीमा केन्द्र राखी मोदी गाउँपालिकाको वडा नं. ७ राम्जा देउराली  वडा नं. ८ चित्रे  र कुश्मा नगरपालिका वडा नं. ११ पकुवालार्इ समेटी नागरिकता वितरण टोली सहितको घुम्ती शिवर सम्पन्न भएको छ । उक्त शविर प्रमुख जिल्ला अधिकारी श्री गुरुदत्त ढकालको नेतृत्वमा संचालन भएको थियो । सदरमुकाम सम्म आई नागरिकता लिन नसक्ने वृद्ध-वृद्धा तथा अशक्त, अपाङ्ग र विपन्न जनताहरुलाई लक्षित गरी संचालन भएको शिविरमा नागरिकता वितरण लगाएत जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन समेत भएको थियो । उक्त टोली मार्फत आदिवासी/जनजाति र दलित जाति प्रमाणितको समेतको काम भएको थियो ।…

  • चालु आ‍.व.मा हालसम्मकाे नागरिकता टाेलीकाे विवरण २०७५-९-२४

    जिल्ला प्रशासन कार्यालय पर्वतबाट चालु आ.ब.२०७५।०७६ को हाल सम्ममा सञ्चालित नागरिकता टोली  र जिल्ला निर्वाचन कार्यालय पर्वतबाट संकलन गरिएको फोटो सहितको मतदाता नामावलीको हालसम्मको विवरण टोली नं. र स्थान मिति लाभान्वित भएको क्षेत्रहरु नागरिकताको विवरण मतदाता नामावली संकलन विवरण   १  मोदी गा.पा. २०७५।०५।२३ र २४ गते मोदी गा.पा.का ( १ देखि ८ सम्म सबै वडा ) ५३ ५१ २ जलजला २०७५।०६।०६ र ०७ गते जलजला गा.पा.का ८ वटै वडाहरु ६२ ७४ ३ विहादी(ईलाका प्रशासन कार्यालय हुवासबाट) २०७५।०६।०६ र  ०७ गते विहादी गा.पा.का १ देखि ६ सम्म सबै वडाहरु १०९   ४ बालाकोट(ईलाका प्रशासन कार्यालय हुवासबाट) २०७५।०६।२१ र २२गते महाशिला…

  • थापाठानामा घुम्ती शविर सम्पन्न २०७५-९-१५

    मिति २०७५/०९/१३  गते फलेवास नगरपालिकाको वडा नं. २ थापाठानामा केन्द्र राखी फलेवास नगरपालिकाका वडा नं १ कार्किनेटा  वडा नं. २ थापाठाना वडा नं. ३शंकरपोखरी र वडा नं. ९ भंगरालार्इ समेटी नागरिकता वितरण टोली सहितको घुम्ती शिवर सम्पन्न भएको छ । उक्त शविर प्रमुख जिल्ला अधिकारी श्री गुरुदत्त ढकालको नेतृत्वमा संचालन भएको थियो ।उक्त शिविरमा फलेवास नगरपालिका जनताहरु लाभांवित भएका थिए ।सदरमुकाम सम्म आई नागरिकता लिन नसक्ने वृद्ध-वृद्धा तथा अशक्त, अपाङ्ग र विपन्न जनताहरुलाई लक्षित गरी संचालन भएको शिविरमा नागरिकता वितरण लगाएत जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन समेत भएको थियो । उक्त टोली मार्फत आदिवासी/जनजाति र दलित जाति…

  • २०७५।०९।०५ काे कार्यालय प्रमुखकाे बैठककाे निर्णय २०७५-९-९

    २०७५।०९।०५ काे कार्यालय प्रमुखकाे बैठककाे निर्णय

  • बजार अनुगमन २०७५-६-२२

    गृह प्रशासन सुधारको कार्ययोजना,२०७४ मा उल्लेख भएको क्रियाकलाप अन्तर्गत जिल्लामा  मिति २०७५।०६।२२ गतेका दिन यस जिल्लाको कुश्मा न.पा. स्थित कुश्मा वजारका  गणपती स्ट्रोर्स, उत्सव उन्नती किराना पसल, कालिगण्डकी जनरल स्ट्रोर्स, कविता किराना पसल, स्वयम प्रोभिजनल, अभि सप्लायर्स, रेग्मी किराना स्ट्रोर्स, वि.वि. स्ट्रोर्स, आर डि स्ट्रोर्स, शिवालय सप्लायर्स, गर्वुजा स्ट्रोर्स, रेग्मी इन्टरप्राईजेज गरी १२ वटा दैनिक उपभोग्य सामान विक्रिवितरण गर्ने पसलहरुमा अनुगमन कार्य गरिएको साथै अनुगमनका क्रममा यस जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको संचितीको अवस्था अनुगमन गरी कालोबजारी, कार्टेलिङ्ग, कृतिम अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको । साथै अनुगमन गरी तपशिल वमोजिम कारवाही÷निर्देशन दिईएको व्यहोरा सादर जाहेर ।   दिईएको निर्देशन ः–…

  • बजार अनुगमन गरिएकाे । २०७५-६-९

    दशैं, तिहार लगायतका चाडपर्वहरु नजिकिंदै गर्दा जिल्ला प्रशासन कार्यालय, पर्वतले बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेलको नेतृत्वमा उद्योग बाणिज्य संघ, घरेलु तथा उद्योग विकास समिति, उपभोक्ता मञ्च नेपाल र जलजला गाउँपालिकाका प्रतिनिधि तथा नेपाल प्रहरी र पत्रकार समेतको अनुगमन टोलीले हिजो मिति २०७५/०६/०८ मा यस जिल्लाको जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीमा बजार अनुगमन गरेको थियो । अनुगमन टोलीले शाही किराना स्टोर्स, नमस्ते किराना पसल, सम्झना ट्रेडर्स, कुशल किराना स्टोर्स, शुभलक्ष्मी स्टोर्स, जे.के. ट्रेडिङ्ग, के.सी. किराना पसल, अमृता खत्रीको पसल र शिवम जनरल स्टोर्स गरी ९ वटा दैनिक उपभोग्य सामान बिक्रिवितरण…

  • घुम्ती शिवर सम्पन्न २०७५-६-८

    मिति २०७५/०६/०६ र ०७ गते गरी दुई दिन सम्म जलजला गाउँपालिकाको कार्यालय, लामाखेतमा संचालित नागरिकता वितरण टोली सहितको घुम्ती शिवर सम्पन्न भएको छ । यस कार्यालयका स.प्र.जि.अ. श्री ऋषिराम आचार्यको नेतृत्वमा संचालन भएको शिविरमा जलजला गाउँपालिका जनताहरु लाभांवित भएका थिए ।सदरमुकाम सम्म आई नागरिकता लिन नसक्ने वृद्ध-वृद्धा तथा आशक्त,  अपाङ्ग र विपन्न जनताहरुलाई लक्षित गरी संचालन भएको शिविरमा नागरिकता वितरण लगाएत जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन र घरेलु तथा उद्योग विकास समितिबाट उद्योग दर्ता समेत भएको थियो । उक्त टोली मार्फत आदिवासी/जनजाति र दलित जाति प्रमाणितको समेत कार्यक्रम रहको थियो ।पहिलो र दोस्रो दिन गरी १९ पुरुष…

  • नागरिकता वितरण टोलीद्वारा नागरिकता वितरण २०७५-५-२५

    यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार आ.व. २०७५/०७६ को पहिलो नागरिकता टोली सहायक प्रमुख जिल्ला अधिकारी श्री ऋषि राम आचार्यको नेतृत्वमा पर्वत जिल्लाको मोदी गाउँपालिकाको पातीचौरमा सम्पन्न भएको छ । भाद्र २३ र २४ गते गरी २ दिन सम्म संचालन भएको नागरिकता विवतण टोलीबाट मोदी गाउँपालिकाका जनताहरु लाभांवित भएका थिए । जिल्ला सदरमुकाम देखि दुरदराजमा रहेका, सदरमुकाम सम्म आई नागरिकता लिन नसक्ने बृद्ध-बृद्धा, आशक्त, अपाङ्ग,  विपन्न जनताहरुलाई लक्षित गरी संचालन गरिएको नागरिकता वितरण टोलीबाट मोदी गाउँपालिका वडा नं. ८ निवासी ८४ वर्षीया वृद्धा जुठी कुमारी गुरुङले समेत सेवा लिनुभएको थियो ।पहिलो दिन १२ पुरुष र १८ महिला गरी जम्मा ३०…

  • पन्धौं निजामती सेवा दिवस २०७५ मनाईयो २०७५-५-२२

     "नतिजामुखी प्रशासनःसमृद्धि र सुशासन" भन्ने मूल नाराका साथ यस पर्वत जिल्लामा १५ ‍औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री गुरुदत्त ढकालको अध्यक्षतामा सदरमुकाम कुश्मा बजारमा प्रभातफेरी र्‍याली, रक्तदान कार्यक्रम लगायत विभिन्न कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिको हलमा समापन समारोह सम्पन्न भएको थियो । उक्त अवसरमा जिल्ला स्थित निजामती कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  

  • औषधि पसलको अनुगमन २०७५-५-२०

    औषधि व्यवस्था विभाग, काठमण्डौं र जिल्ला प्रशासन कार्यालय, पर्वतको संयुक्त टोलीले पर्वत जिल्लाको सदरमुकाम कुश्मामा संचालित ‌औषधि पसलहरुको अनुगमन तथा निरीक्षण गरेको छ । मिति २०७५।०५।१९ गतेका दिन ‍‍औषधि व्यवस्था विभाग, काठमाण्डौंबाट आउनु भएका डा‍.प्रकाश ज्ञवाली नेतृत्वको अनुगमन टोली र यस जिल्ला प्रशासन कार्यालयका स.प्र.जि.अ. ऋषिराम आचार्य नेतृत्वको टोलीले विभिन्न सरकारी तथा निजि तवरबाट संचालित अस्पताल तथा मेडिकल क्लिनिकको अनुगमन गर्नुभएको थियो । जिल्ला अस्पताल, पर्वत, वाग्लुङ मेडिकाल हल, भगवान मेडिकल हल, कुश्मा हस्पिटल प्र.लि., पर्वत मेडिकल हल, मणि मेडिकल हल, राजेश मेडिकल हल, गणेश मेडिकल हल, शिवालय मेडिकल हल लगायतका १३ वटा ‍औषधि पसलहरुको अनुगमन गरेको अनुगमन टोलीले केही ‍औषधि पसलमा मूल्यसूची टाँस नगरेको…

  • जिल्ला प्रशासन कार्यालयकाे हाेली पर्व सम्बन्धी सूच २०७५-१२-५

    जिल्ला प्रशासन कार्यालयकाे हाेली पर्व सम्बन्धी सूचना

  • हातहितयार खरखजाना सम्बन्धी सूचना --

    हातहितयार खरखजाना सम्बन्धी सूचना

  • अर्धवार्षिक प्रगति प्रतिवेदन २०७५-१०-९

    अर्धवार्षिक प्रगति प्रतिवेदन 

  • कर्मचारी समायाेजन हेल्प डेस्क राखिएकाे २०७५-९-२०

    कर्मचारी समायाेजन हेल्प डेस्क सम्बन्धमा  नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७५ साल पौष ११ गते देखि लागु हुने गरि प्रकाशित गरेको कर्मचारी समायोजन सूचना फाराम सहज रुपले अनलाइन आवेदन गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा समेत सहायता कक्ष (Help Desk) सञ्चालनमा ल्याउने भनि परिपत्र गरे बमोजिम यस कार्यालयमा समेत सहायता कक्षको स्थापना गरिएको हुनाले सम्पर्क राख्न आउनु हुन सम्बन्धित सबै कर्मचारीहरुमा जानकारी गराइन्छ ।

  • नागिरकता वितरण टोली स‌ंचालन सम्बन्धी सूचना २०७५-९-१८

    २०७५ पाैष २६ गते १ दिनका लागि मोदी गाउँपालकाको वडा नं. ७ राम्जा देउरालीकाे वडा कार्यालयमा केन्द्र रहने गरी माेदी गाउँपालिका वडा नं ७ राम्जा देउराली  वडा नं ८ चित्रे र कुश्मा नगरपालिकाकाे वडा नं ११ पकुवाका सेवाग्राहीलाइ यस कार्यालयबाट नयाँ तथा प्नतिलिपी नेपाली नागरिकता वितरण गर्ने र जिल्ला निर्वाचन कार्यालय, पर्वतबाट फोटो सहितको मतदाता नामवली संकलन गर्ने कार्यक्रम रहेको हुँदा उक्त दिन उल्लेखित सेवा लिन आउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

  • नागिरकता वितरण टोली स‌ंचालन सम्बन्धी सूचना २०७५-८-९

    यहि म‌ंसिर १४ गते मोदी गाउँपालकाको वडा नं. ४ क्याङको वडा कार्यालयमा केन्द्र रहने गरी यस कार्यालयबाट नेपाली नागरिकता वितरण टोली र जिल्ला निर्वाचन कार्यालय, पर्वतबाट फोटो सहितको मतदाता नामवली संकलन गर्ने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

  • जिल्ला प्रशासन कार्यालय, पर्वतको अनुरोध २०७५-७-१९

    दिपावली/ तिहारको समयमा दियो, मैनबत्ति, पालाहरू बाल्ने एवं विद्दुतीय उपकरणहरू बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटना घटी जनधनको क्षति हुनसक्ने भएकोले संभावित जोखिम न्यूनिकरणका लागि सतर्कता अपनाउनु हुन सम्पूर्ण पर्वतवासी जनसमुदायहरूमा सादर अनुरोध छ ।

  • CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी जरूरी सूचना २०७५-७-१९

    नेपाल सरकार, गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको मिति २०७५/०७/१४ को परिपत्र अनुसार अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्यमा विद्युतीय उपकरण प्रयोगमा प्रभावकारीता बढाउन, CCTV/Camera को प्रयोग प्रोत्साहन र व्यवस्थित गर्न यस जिल्ला भित्रका सार्वजनिक क्षेत्र, व्यापारिक केन्द्र तथा निजी प्रयोजनका लागि CCTV/Camera जडान गरी सञ्चालनमा ल्याएका सार्वजनिक क्षेत्र, व्यापारिक केन्द्र र निजी प्रयोगकर्ताहरुले यथाशिघ्र विवरण उपलब्ध गराई दिनु हुन र आगामी दिनमा सञ्चालनमा ल्याउन ईच्छुक सार्वजनिक संस्था/निकाय, व्यापारिक केन्द्रहरु तथा निजी प्रयोगकर्ताहरुले CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ को अनुसूचि–१ बमोजिमका कागजातहरु र ईजाजतको लागि सोही कार्यविधिको अनुसूचि–२ बमोजिम निवेदन दिई यस कार्यालयबाट अनिवार्य रुपमा अनुमति पश्चात जडान…

  • जिल्ला प्रशासन कार्यालय, पर्वतको सूचना २०७५-७-१६

    जिल्ला प्रशासन कार्यालय पर्वतको अत्यन्त जरुरी सूचना नेपालीहरुको महान चाड शुभ दिपावली (तिहार) २०७५ को सु-अवसरमा देउसी तथा भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने हुँदा शान्ति सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राति ९, ‌ओसार पसार तथा प्रयोग नगर्नु नगराउनु हुन सबैमा अनुरोध गरिन्छ ।यदि कसैले यस सूचना विपरित कार्य गरेमा गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

  • नागिरकता वितरण टोली स‌ंचालन सम्बन्धी सूचना २०७५-६-२१

    यहि आश्विन २६ र २७ गते फलेवास नगर कार्यपालिकाको कार्यालय, खानीगाउँमा केन्द्र रहने गरी यस जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण टोली, दलित/जनजाति प्रमाणित तथा जिल्ला निर्वाचन कार्यालय पर्वतबाट फोटो सहितको मतदाता नामावली संकलन हुने हुँदा उक्त मिति र स्थानमा आई सेवा लिनुहुन अनुरोध गरिन्छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय