नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
प्युठान

  • बजार अनुगमन २०७५-६-१४

    आज मिति २०७५ असोज १४ गतेका दिन जिल्ला प्रशासन कार्यालय, प्यूठानको नेतृत्वमा प्यूठान नगरपालिका, कोष तथा लेखा नियन्त्रक कार्यालय, उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्च, पत्रकार, सुरक्षाकर्मी लगायतको ३ वटा संयुक्त टोली बनाई प्यूठान नगरपालिकास्थित मुख्य बजारहरु बाग्दुला, विजुवार र जुम्रीमा एकैपटक बजार अनुगमन गर्ने कार्य सम्पन्न गरियो । उक्त बजार अनुगमनको सुरुवात प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रेले बाग्दुलाबाट गर्नुभएको थियो ।अनुगमनका क्रममा मुख्य गरी किराना तथा दैनिक उपभोग्य पसल, मदिरा पसल तथा होटल रेस्टुरेन्टहरुको अनुगमन गरियो । जसमा ५० वटा किराना/खाद्य सामग्री तथा मदिरा पसल, २२ वटा होटल तथा रेष्टुरेन्ट, १ चाउमिन उद्योग, १ पाउरोटी उद्योग, १ ग्याँस पसल…

  • सुशासन कार्ययोजनाको प्रगति विवरण २०७५-६-२

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय,प्यूठान जिल्ला सुशासन कार्ययोजना, २०७5 भाद्र मसान्तसम्मको प्रगति विवरण जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम गरी विकासका कार्यलाई सहजीकरण गर्ने र आम नागरिकमा परिवर्तनको अनुभूति दिलाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय प्यूठानले तयार गरी मिति २०७५ चाद् १ गतेदेखि लागू गरेको जिल्ला सुशासन कर्ययोजनाको २०७५ भाद्र मसान्तसम्को प्रति विवरण निम्नानुसार रहेको छ: क्र.स. क्रियाकलाप प्रगति विवरण १ जिल्ला सुरक्षा योजना तयार गरी लागू गर्ने जिल्ला सुरक्षा योजना तयार गरी लागू गर्ने क्रममा रहेको २ सुरक्षा निकायको सवलीकरण गर्ने, आवश्यकतानुसार प्रहरी चौकी स्थापना गर्ने आवश्यक स्थानमा प्रहरी चौकी स्थापना गर्न माग गरी पठाइएको ३ टोल…

  • (MRP) राहदानी वितरण सम्वन्धी सुचना २०७५-५-३१

    २०७५  साउन   २४ गते सम्मकाे  (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराउँदछाैँ । साथै राहदानी (MRP) लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम  व्यक्ति अाउनुहुन अनुरोध छ ।

  • अावसीय बाल गृह सञ्चालन गर्नकाे लागि प्रस्ताव --

    अावसीय बाल गृह सञ्चालन गर्नकाे लागि प्रस्ताव अाह्नन सम्बन्धी सुचाना

  • प्रेस विज्ञप्ति २०७५-५-११

  • मदिरा आचारसंहिता, 2075 २०७५-५-११

    प्यूठान जिल्लामा मदिरा बेचबिखन, ओसार-पसार र सेवनलाई ब्यबस्थित गर्ने आचारसंहिता, 2075 स्वीकृत मिति: २०७५।०५।10 गते प्रस्तावना हाल यस जिल्लामा घटित अपराधिक घटनाको बिश्लेषण गर्दा अधिकांश अपराधिक घटनाहरु मदिरा सेवन गरी मदिराको नशाको उत्तेजना र आवेगको कारण पाईएको, मदिराकै कारणले समाजमा लैंगिक हिंसा, घरेलु हिंसा, बाल बिबाह, बहुबिबाह, आत्म हत्या, सार्वजनिक स्थलमा हो हल्ला लगाएतका सामाजिक बिकृतीहरु बढ्दै गएको र मदिरा निषेधित र ब्यबस्थित हुनु पर्छ भन्ने जन आकांक्षा समेतलाई मनन् गरी सर्बसाधारण जनताको सदाचार, जनस्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै जनताको जिउधन र स्वतन्त्रताको संरक्षण गरी अपराधको न्यूनिकरण र शान्ती सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्न वाञ्छनीय भएकोले जिल्लास्थित सबै स्थानीय…

  • जिल्ला विपद व्यवस्थापन समिति बैठकका निर्णयहरु २०७५-४-२०

    मिति २०७५/०४/१८ मा  जिल्ला विपद व्यवस्थापन समिति प्यूठानकाे बैठकका  निर्णयहरु  

  • २०७५/०४/१६ गतेको कार्यालय प्रमुखको बैठककानिर्णयहरु २०७५-४-१७

    मिति २०७५/०४/१६ गतेका दिन श्रीमान प्रमुख जिल्ला अधिकारी श्री बद्री नाथ गैह्रेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय , प्यूठानमा बसेको कार्यालय प्रमुखहरुको बैठकबाट देहाय बमोजिमका निर्णयहरु गरियो । मिति २०७५ साउन १६ गते बुधबारको कार्यालय प्रमुखको बैठकका निर्णयहरु कार्यालयहरुको अवस्थाबारे संक्षिप्त रुपमा छलफल भई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै कार्यालयले आवश्यक कदम चाल्ने, कार्यालयहरुमा बिचौलियाको अन्त्य गर्ने,कर्मचारीको आचरण र सेवाग्राहीप्रतिको व्यवहारमा सुधार ल्याउने, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाउने । सबै कार्यालयहरुले सेवाग्राहीका गुनासाहरुको तत्कालResponse गर्ने, कार्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने,सूचनाको पहुँचको सुनिश्चितता गर्दै सहज रुपमा सूचना उपलब्ध गराउने । जिल्लाका सबै बजार क्षेत्रलाई समेट्ने गरी नियमित रुपमा बजार अनुगमन गर्ने…

  • जिल्ला प्रशासन कार्यालय,प्यूठानकाे जरुरी सुचना २०७५-३-१७

  • विपद् व्यवस्थापन व्यक्तिहरुको नाम २०७५-२-९

  • सूचना अधिकारीको वैठकका निर्णय २०७५-९-४

      मिति २०७५ मंसिर ४ गतेको सूचना अधिकारीहरुको बैठकका निर्णयहरु   १.     सबै कार्यालयहरुलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ बमोजिम अनिवार्य रुपमा सूचना अधिकारी तोक्न अनुरोध गर्ने तथा सूचना अधिकारीको सरुवा, बढुवा, अवकास वा कुनै कारणवश फेरबदल भएमा सो जानकारी  तत्काल राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालयमा पठाउने । २.     सबै कार्यालयहरुले फोटो र सम्पर्क नम्बर सहितको सूचना अधिकारीको विवरण कार्यालयमा सबै सेवाग्राहीले स्पष्टरुपमा देख्ने गरी प्रकाशित गर्ने तथा Website भएका कार्यालयहरुले सूचना अधिकारीको उल्लेखित विवरण Website  मा समेत राख्ने । ३.     सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिमको सबै सार्वजनिक निकायले प्रकाशित…

  • (MRP) राहदानी वितरण सम्वन्धी सुचना २०७५-३-१५

    २०७५ बैशाख  ११ गते सम्मकाे  (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराउँदछाैँ । साथै राहदानी (MRP) लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम  व्यक्ति अाउनुहुन अनुरोध छ ।

  • परिपत्र २०७४-५-१

    निजामती सेवा दिवस २०७४ को सन्दर्भमा “संघियताको कार्यान्वयनमा निजामती सेवाको भुमिका” विषयक निजामती सेवामा कार्यरत सवै तहका कर्मचारी सहभागी हुनेगरी निवन्ध प्रतियोगिता हुने भएकोले मिति २०७४/०५/०८ गते साँझ ५ बजे भित्र यस कार्यालयमा आइपुग्ने गरी संवद्ध निकाय, मातहत विभाग र कार्यालय एवं कर्मचारीहरुलाई जानकारी गराईदिन अनुरोध छ भनी प्रधान मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सामान्य प्रशासन शाखाको च.नं. ५६९ मिति २०७४/०४/२६ को पत्रले क्षेत्रीय प्रशासन कार्यालय म.प. सुर्खेतको च.नं. ११२ मिति २०७४/०४/३१ को पत्रवाट अनुरोध भै आएको व्यहोरा संवन्धित सवैका लागि जानकारी गराइन्छ ।

  • राहदानी २०७३-१०-१८

    २०७३–१०–१८ २०७३ पौष ०५ सम्मको एमआरपी राहदानी तयार भै यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता,नगदी रसिद बैंक भौचर साथमा लिएर आउनु हुन अनुरोध छ । 

  • एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको बारे २०७३-१०-१८

    २०७३–१०–१८ गत श्रावण १० र ११ गतेको भिषण वर्षवाट प्रभावित फोप्ली, लुङ, डामृ, लिघा, खवाङ र स्याउलिवाङ सहितका ६ गा.वि.स.को केन्द्रविन्दु बाहाने बजारमा मिति २०७३–१०–१५ र १६ गते संचालित एकीकृत घुम्ती सेवा शिविरमा संवद्ध सरकारी निकायबाट प्रदान गरिएको सेवाको विवरणः– मिति २०७३–१०–१५ र १६ गते संचालित एकीकृत घुम्ती सेवा शिवीर १) जिल्ला प्रशासन कार्यालय, प्यूठानबाट वितरण गरेको नागरिकता  संख्याः– ५०१ २) जिल्ला कृषि विकास कार्यालय,प्यूठानबाट उपलब्ध गराइएका सेवाहरुः– क. तरकारी विउ (सिमि, वोडी, करेला, लौका, चिचिन्डा, भिन्टी, सुईस च्याउ, काक्रो)  जम्मा ७०४ जना कृषकहरुलाई वितरण गरेको । ३) जिल्ला स्वास्थ्य कार्यालय, प्यूठानबाट उपलब्ध गराइएका स्वास्थ्य सम्बन्धी सेवाहरुः– क) स्वास प्रस्वास…

  • राहदानी दस्तुर सम्बन्धमा २०७३-३-२

    राहदानी बापतको राजश्व बुझाउने सम्बन्धमा, नयां राहदानी वनाउनेहरुको लागि रु ५,०००।– र हराएको खण्डमा रु १०,०००।– जिल्ला प्रशासन कार्यालय प्यूठानवाट नगदी रसिद मार्फत रकम बुझाउँदै आएकोमा अव उपरान्त आ.व. ०७३।७४ अर्थात मिति २०७३।०४।०१ गते देखि नेपाल बैंक लिमिटेड प्यूठान खलंगामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा जम्मा भएको राजश्व भौचर २ (दुई) प्रति पेश गर्नु हुन सम्बन्धीत सवै सेवाग्राहीहरुको लागि सूचना गरिएको छ । 

  • नागरिक बडापत्र २०७३-३-२

     मिति २०७३।०३।०२ गतेका दिनदेखि पढ्न लेख्न नसक्ने सेवाग्राीहरुका लागि यस कार्यालयको कामकारवाही सम्बन्धी सम्पूर्ण कुरा समावेश गरिएको आवाजको माध्यमवाट बोल्ने सुन्ने नागरिक बडा पत्रको सुरुवात गरिएको छ । सो बडापत्र सुनी लाभ लिनु हुन सवै सरोकारवालाहरुमा अनुरोध छ । 

  • सहायता कक्ष (Help Desk) को स्थापना २०७३-२-२३

    मिति २०७३।०२।२३ गतेका दिनदेखि यस कार्यालयमा सेवाग्राहीलाई थप सहयोगको लागि सहायता कक्ष (Help Desk) को स्थापना भइसकेको छ । उक्त सहायता कक्षबाट आफूले नजानेका काम कारवाही बारे बुझ्न सकिने व्यहोरा जानकारी गराउँदछौँ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय