नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रामेछाप

  • जानकारी २०७५-१०-१५

    मिति २०७५ साल माघ १४ गते सोमवारका दिन रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा खाँडादेवी र सुनापति गाउँपालिकाको सीमाना सम्वन्धमा देहाय बमोजिम निर्णय भएको व्यहोरा जानकारी गराईन्छ । निर्णय: २०३२ सालमा अँधेरीखोलालाई साविक चोप्राङ गाउँपञ्चायत र दिमीपोखरी गाउँपञ्चायतको सिमाना कायम गरि नापनक्सा भएकोमा मिति 2038/08/26 को जिल्लाको गाउँ पञ्चायतको सिमाना हेरफेर तथा वडा विभाजन सम्बन्धि बैठकको निर्णयबाट साविक चोप्राङ्ग र दिमिपोखरीको सिमाना "पूर्वमा अग्लेश्वर महादेव डाँडा गाल्वा भञ्ज्याङ थुम्की डाँडा हुँदै डोग्मा गाउँपञ्चायतको सिमाना पश्चिममा खानीखोला उत्तरमा पूर्वी सिमाना अग्लेश्वर हुँदै घाटडाँडा खानीखोला दोरम्वा गा.पं.को साविक सिमाना दक्षिणमा प्रस्तावित डोग्मा गा.पं.को सिमाना"  कायम गरेको देखियो ।साविक चोप्राङ्ग…

  • घुम्ति शिविर २०७५-७-२५

    यस कार्यालयबाट मिति २०७५ कार्तिक ७ र ८  मा खाँडदेवी गाउँपालिकामा  सञ्चाल गरिएको घुम्ति शिविरबाट नयाँ नागरिकता २३२, प्रतिलिपी नागरिकता १ र फोटो सहितको मतदाता नामावली २४७ एवं मिति २०७५ कार्तिक १८ र १९ मा दोरम्बा गाउँपालिकामा सञ्चालन गरिएको  घुम्ति शिविरबाट नयाँ नागरिकता ५०७, प्रतिलिपी नागरिकता १६ र फोटो सहितको मतदाता नामावली ५०९ सेवा प्रदान गरिएको ।

  • जिल्ला विपद् व्यवस्थापन समिति बैठक २०७५-६-७

    निर्णयहरु अविरल एवं भारी वर्षाका कारण रामेछाप जिल्लामा विभिन्न स्थानहरुमा बाढी पहिरो गई क्षति भएकोले रोकथाम एवं पहिरो नियन्त्रण गर्नको लागि तारजाली मागको निवेदन जिल्ला विपद् व्यस्थापन समितिमा प्राप्त हुन आएको हुँदा आवश्यक तारजाली उपलब्ध गराई दिने व्यवस्थाको लागि जल उत्पन्न प्रकोप डिभिजन कार्यालय तथा स्थानीय तहमा रहेका विपद्का घटना नियन्त्रणण गर्न स्थानीय स्रोत साधन परिचालन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरियो ।   रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. 1 बसपार्क नजिकै बन्दै गरेको घर नजिक पहिरेको  सडक मर्मतको लागि डिभिजन सडक कार्यालय खुर्कोटलाई अनुरोध गर्ने निर्णय गरियो ।    रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं. 6…

  • जिल्ला यातायात व्यस्थापन समितिको बैठक २०७५-६-६

    निर्णयहरु जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा यातायात व्यवसायी, प्रमुख नगरपालिका, राजनीतिक दलका प्रतिनीधि सहितको छलफलमा मिति 2073 साल साउन 21 गते दिन सवारी साधन (साना/ठूलो) मा यात्रुहरुको लागि निर्धारण भाडादर हाल सम्म पनि कायम रहेको प्रत्येक वर्ष  भाडादर समायोजन तथा पुनरावलोकन हुनु पर्ने कानूनी व्यवस्था भएकोमा समय सापेक्ष पुनरावलोकन तथा समायोजन गरी दिनु हुन सरोकारवाला पक्षसँग अनुरोध गर्ने निर्णय गरियो । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट ग्रामीण भेगका कच्ची सडकहरुमा चल्ने विभिन्न यात्रुवाहक सवारी साधनहरुको भाडादर तथा अस्थायी रुट पुनरावलोकन गर्न देहाय बमोजिमको समिति गठन गरी सो समितिले 15 दिन भित्र जिल्ला यातायात व्यवस्था समितिमा पेश गर्ने निर्णय गरियो । सहयक…

  • जिल्ला विपद् व्यवस्थापन समिति बैठक २०७५-२-२०

     निर्णयहरु जिल्ला विपद् व्यवस्थापन समितिको सदस्य सचिवको रुपमा जिल्ला समन्वय अधिकारीलाई तोक्ने  निर्णय गरियो । रामेछाप जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७४ लाई समय सापेक्ष पुनरावलोकन तथा अद्यावधिक गर्नको लागि गठन भएको कार्यदलले तयार गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजाना (DPRP) २०७५ को मस्यौदा उपर छलफल एवं प्राप्त राय सुझावलाई समेत समावेश गरी स्वीकृत गरियो । साथै सो कार्यमा संलग्न जिल्ला विपद् व्यवस्थापन समिति, कार्यदल, विषयगत क्षेत्रहरु, सबल कार्यक्रम (DLSA), नेपाल रेडक्रम सोसाईटी लगायत सबै सरोकारवालाहरुलाइ धन्यवाद दिने निर्णय गरियो । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७५ बमोजिम क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक पर्ने रकम उपलब्ध गराउन…

  • ०७६ जेष्ठ २४ सम्मको राहदनी प्रिन्ट भएर आईसकेको छ २०७५-१०-२९

    ०७६ जेष्ठ २४ सम्मको राहदनी प्रिन्ट भएर आईसकेको छ

  • बजार अनुगमन २०७६-१-२८

    संयुक्त बजार अनुगमन निर्देशिका बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद भट्टराईज्यूको नेतृत्वमा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं. २ स्थित  सिरिसे बजारमा रहेका २८ वटा पसलहरु अनुगमन गरी दर्ता नभएका पसलहरुलाई दर्ता गर्न निर्देशन दिएको साथै दर्ता भएका तर कानून बमोजिम अवलम्बन गर्नु पर्ने कार्यहरु नगरेकाहरुलाई नियमानुसार तत्काल कार्यान्वयन गर्न सचेत गराईएको । 

  • कार्यालय छड्के २०७६-१-२९

    जानकारी मिति 2076 बैशाख 29 गते प्रमुख जिल्ला अधिकारी श्री लिला कुमारी के.सी. पाण्डेज्यूको नेतृत्वमा रामेछापडाँडा स्थित विभिन्न कार्यालयहरु निरीक्षण गर्दा कार्यालय समयमा 42 जना कर्मचारीहरु अनुपस्थित भेटिएको हुँदा निजहरुलाई नियमानुसार कार्वाही गरिने, साथै अन्य कर्मचारीहरुलाई पोषाक र परिचय पत्र तत्काल लगाउन निर्देशन दिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

  • सूचना २०७५-१२-४

    हातहतियार तथा खरखजाना सम्बन्धि सूचना 

  • मासिक प्रगति २०७४-११-५

    जिल्ला प्रशासन कार्यालय रामेछापको 2075 माघ महिनाको प्रगति विवरण 

  • मासिक प्रगति २०७४-११-५

    जिल्ला प्रशासन कार्यालय रामेछापको 2075 माघ महिनाको प्रगति विवरण 

  • राजमार्ग सुरक्षा सम्बन्धि २०७५-१०-२१

    राजमार्ग सुरक्षा सम्बन्धि 

  • लागू औषध कार्ययोजना २०७५-१०-२१

    तयार गरिएको लागू औषध कार्ययोजना

  • घुम्ति शिविर २०७५-९-२९

    जिल्ला प्रशासन कार्यालय रामेछाप

  • प्रथम चौमासिक -2 २०७५-८-१३

    रामेछाप

  • प्रथम चौमासिक -1 २०७५-८-१३

    रामेछाप



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय