नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रौतहट


  जिल्लाको परिचय

 

आदिबासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्ला मध्येमांचल विकास क्षेत्रको सब भन्दा सानो र नारायणी अन्चल अन्तर्गतको तराईको  एक जिल्ला हो | यस जिल्लाका  अधिकांश बासिन्दाहरु  राउत, यादव र यहाँ धेरै हाट बजार,बस्ती, गाउ रहेको हुदाँ  राउत र हाट शब्दाको अप्रभंश भइ रौतहट नामकरण भएको किवदन्ती छ . राउत थर खास गरि यादवहरुले प्रयोग गर्ने गरेकोले यादवको बस्ती  बढी भइ निजहरुको थरको आधारमा नै रौतहटको नामकरण भएको देखिन्छ |

जिल्लाको  चिनारी:

क्षेत्रफल -                                                                       ५५२६ बर्ग कि.मि

कृषि क्षेत्र -                                                                      ५८ प्रतिशत

बन क्षेत्र  -                                                                       २६ प्रतिशत

निर्वाचन क्षेत्र -                                                                  वटा

नगरपालिका -                                                                   वटा

गाउपालिका                                                                      वटा

पूर्वमा सर्लाही र पश्चिम बारा जिल्लाको दुरी -                          ३३ कि.मि

नेपाल, भारत र  यस  जिल्ला सम्मको सिमा स्तम्भ संख्या -     १३३ वटा

ठुलो सिमा स्तम्भ संख्या                                                    ३७ वटा

सानो सिमा स्तम्भ                                                            ९६ वटा

जनसंख्या -                               ६८६७२२ , मध्ये महिला --३३५६४३ जना,पुरुस ३५१०७९ जना

        यो जिल्लामा उष्ण प्रदेशीय हुदाँ गर्मि मौसममा तापमान बढीमा ४४ डिग्री सेल्सियस र जाडोमा ५ देखि ६ डिग्री सेल्सियस पुग्दछ | बागमती , लालबकैया,अरुवा ,झाझ ,पौराई,भकुवा , चाँदी आदि यो जिल्लाका मुख्य नदीहरु हुन् |जिल्लाको सबै क्षेत्रहरु समथर छ |

       जिल्लाको ऐतिहासिकता तर्फ विचार गर्दा नेपाल एकीकरण हुनु पुर्व जय प्रकाश मल्लाद्वारा झिकाहिएको बंगालका सुल्तानका फौजलाई लखेट्दै आएका गोर्खाली सेना र उक्त बंगाली सेना बीच रौतहटको संग्रामपुरमा  लाडाई भएको समनपुरमा पुग्दा समन (युद्ध समाप्ती ) भएको र विश्रामपुर पुगी गोर्खाली सेनाले बिश्राम गरि विजयोत्सव मनाइँ एतिहासिक राजदेवी मन्दिरमा पुजापाठ गरि फिर्ता भयको भन्ने कुरा प्रचलित रहेको छ |

 
  • संविधान दिवस २०७५ भव्यताका साथ मनाइयाे । २०७५-६-३

    २०७५।६।३ गते यस जिल्लाकाे गाैर वि.पी. चाैक देखी जिल्ला समन्वय सिमितकाे कार्यालयसम्म विभिन्न राजनैतिक दल, विभिन्न कार्यालयका कार्यालय प्रमुख, निजामति कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुकाे सहभागीतामा प्रभातफेरी लगायतका कार्यक्रम सहित संविधान दिसव २०७५ भव्यताका साथ मनाइयाे ।

  • राहत बितरण, मृतक र बेपताको विवरण २०७४-५-१०

    २०७४.४.२६ गते देखि परेका वर्षाका पानीले यस जिल्लामा क्षति पुर्याएको स्थानमा राहत बितरण तथा मृतक, बेपता र घाइतेको विवरण यसै साथ संलग्न छ.

  • यस जिल्लामा क्षति भएको अवस्था २०७४-५-२

    चन्द्रपुर ना.पा., गुजारा र वृन्दाबन गाउँपालिकामा सामान्य क्षति भएको तथा अन्य गाउँपालिका र नगरपालिकाहरुमा सामान रुपले बढी क्षति भएको छ

  • बाढीमा भएको राहत बितरणको विवरण २०७४-४-३१

    २०७४.४.२६ गते हाल सम्म परेको बर्षाका पानीले रौतहट जिल्लामा क्षति पुर्याएको स्थानमा २०७४.४.३१ गते सम्म राहत वितरण गरेको विवरण, मृतक तथा बेपता को विवरण

  • मिति २०७४/४/२६ गते कार्यालय निरिक्षण २०७४-४-२६

    जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७४.४.२६ गते बिहान १०:१५ बजे पछी प्रशासकीय अधिकृत सहितको टोलीबाट कार्यालय निरीक्षण हुँदा देहायका कर्मचारीहरु अनुपस्थित रहेको पाइयो .

  • द्धन्दकालमा राहत पाएका व्यक्तिको विवरण २०७४-४-२४

    द्धन्दकालमा (२०५२।११।१ देखि २०६३।८।५ सम्म) मा मृत्यु वरण गरेका, वेपता पारिएका व्यक्ति, प्रहरी र सेनाका नजिकका हकदारले राहत रकम भुक्तानी पाएको विवरण तथा सो समयमा विस्थापित भएका व्यक्तिहरुले राहत रकम भुक्तानी पाएको विवरण

  • राहदानी वितरण २०७४-४-१९

    रसिद नं॰ ५७७४ देखी ६०३४ सम्मको राहदानी वितरण भई रहेको व्यहोरा अनुरोध छ ।

  • वार्षिक प्रगति विवरण २०७४-४-१९

    आर्थिक वर्ष २०७३।०७४ मा भए गरेका कामको वार्षिक प्रगति विवरण

  • जेष्ठ महिनाको नागरिकता तथा राहदानी विवरण २०७४-३-४

    यस कार्यालयवाट २०७४ जेष्ठ मसान्तमा बंशज नागरिकता - ७८७,  बैवाहिक अंगिकृत नागरिकता -६९, प्रतिलिपी नागरिकता - ४२७, जिल्लावाट राहदानीको सिफारीस -५५७,  द्रुत सेवाको राहदानी सिफारीस -१९०  र राहदानी वितरण -४०२ रहेको 

  • कम्प्यूटरवाट नागरिकता वितरण २०७४-१-५

    २०७३ सालमा  यस जिल्लामा रहेको गरुडा ईलाका प्रशासन कार्यालय तथा चन्द्रनिगाहपुर ईलाका प्रशासन कार्यालयमा कम्प्यूटरवाट नागरिकता वितरणको शुभारम्भ भयो ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय