नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला ,
रुकुम पुर्व


  रुकुम पूर्वकाे परिचय

रुकुम पूर्व जिल्लाकाे परिचय

रूकुम पूर्व जिल्ला नेपालकाे कान्छाे जिल्ला तथा प्रदेश न‌. ५ काे एकमात्र हिमाली जिल्ला हाे । यस जिल्लामा विभिन्न जातजातिभेष-भूषाभाषासंस्कृतिचार्डपर्व र धार्मिक विविधता रहेकाे छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविक इलाका प्रशासन कार्यालय रुकुमकाेट, वि.स‌. २०७४ साल देखि नेपाल सरकारकाे राज्य पुन:स‌रचनाकाे क्रममा स्तराेन्निति भइ जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व बनेकाे हाे । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका छन् ।

 

१. जिल्लाको भौगोलिक अवस्था:–
देशान्तरः   ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि.  पुर्वी देशान्तरसम्म
अक्षांसः    २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म
समुन्द्र सतहदेखि उचाईः   ७२४६ मि.
जिल्लाको क्षेत्रफलः  १६६३ वर्ग कि.मि.
सदरमुकामको उचाईः  १६५० मि.
हावापानीः   समशितोष्ण/शितोष्ण
औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म
तापक्रमः  ०.२ देख ३४ सेल्सियस सम्म ।
२. जिल्लाको सिमाना
पूर्वः         बाग्लुङ र म्याग्दी
पश्चिमः     रुकुम(पश्चिम)
उत्तरः      डोल्पा
दक्षिणः    रोल्पा
३. राजनैतिक तथा प्रशासनिक विभाजनः–
प्रदेश नं.      ५
जिल्लाः   रुकुम (पूर्व)
सदरमुकामः   सिस्ने गा.पा.,रुकुमकोट
निर्वाचन क्षेत्रः   प्रतिनिधी सभाः १, प्रदेश सभा २ वटा 
गा.पा.संख्याः   ३ वटा
जिल्लाको वर्गीकरणः  हिमाली  
४. जिल्लाको जनसंख्या विवरणः–
महिलाः    २९४८७ जना
पुरुषः      २४८४५ जना
जम्माः      ५३०१८  जना
परिवार संख्याः     ११२०२
औसत परिवार आकारः    ६ 
जनघनत्वः  ७४ प्रति कि.मि.
जनसंख्या वृद्धिदरः  २.०६ प्रतिशत
५. भु–उपयोगको अवस्थाः–
कुल क्षेत्रफलः ११३५२३ हे.
खेतियोग्य क्षेत्रफलः २०२६५ हे.
पानीले ओगटेको क्षेत्रफलः ३४३ हे.
चरन क्षेत्रः ५६५५ हे.
वनजङ्गल क्षेत्रफलः ५९७४८ हे. 
हिउले ओगटेको क्षेत्रफलः  २४७६ हे.
६. शैक्षिक अवस्थाः–
कुल साक्षरताः ६२.०९ प्रतिशत 
पुरुषः ७१.२३ प्रतिशत
महिलाः ५४ प्रतिशत
भुमे गा.पा.
मा.विः
आ.विः २६
संस्थागतः 
बालविकास केन्द्रः २९
सामुदायिक सिकाई केन्द्रः
सिस्ने गा.पा.
क्याम्पसः  
मा.वि.: 
आ.वि.: ३०
संस्थागतः 
बालविकास केन्द्रः २५
सामुदायिक सिकाई केन्द्रः
पुथा उत्तरगंगा गा.पा.
मा.वि. :
आ.वि.: ३६
संस्थागतः
बालविकास केन्द्रः ३४
सामुदायिक सिकाई केन्द्रः
७. स्वास्थ्य सेवाः–
जिल्ला अस्पतालः  १ वटा (स्थापना भई नसकेको)
प्राथमिक स्वास्थ्य केन्द्रः  १ वटा
स्वास्थ्य चौकीः  १६ वटा
निजी औषधी पसल एवं क्लिनिकः  २३ वटा
८. वन सम्वन्धीः–
ईलाका वन कार्यालयः ०
सामुदायिक वन                        हे.
सामुदायिक वन संख्याः                  १२८
कवुलियती वन क्षेत्रफल                 हे.
कवुलियती वन संख्याः                    १६
निजी वन क्षेत्रफलः                        हे.
निजी वन संख्याः                            ८
९. विद्युत सेवाः–
कुल विद्युत उत्पादनः    १२१० कि.वा.
साना तथा लघु विद्युत उत्पादन संख्याः  २७ 
परम्परागत घट्ट संख्याः १२७
सुधारीएका  घट्ट संख्याः 
सुधारीएको चुलो संख्यांः १३८९
फलामे चुलो संख्याः  ४५० 
सोलार सिस्टम संख्याः ७४४०
१०.पशु विकास सम्वन्धीः–
पशु सेवा केन्द्रः  ४ वटा
पशुसम्वन्धी औषधी पसलः  ३ वटा
पशु गर्भाधान केन्द्रः  १ वटा
११. जिल्लाको खाद्यान्न विवरणः–
खेतियोग्य जमिनको क्षेत्रफलः २०२६५ हे.
खेति गरिएको क्षेत्रफलः १६३७० हे.
सिंचित क्षेत्रफलः २८०९  हे.
खुद खाद्यान्न उत्पादनः २९८४२ मे.टन
खाद्यान्न आवश्यकताः १३७३३  मे.टन
१२. उद्योग व्यवसायः
 
उद्योग व्यवसाय सिस्ने गा.पा. भुमे गा.पा. पुथा उत्तरगंगा गा.पा.
सेवामुलक उद्योग २२ २४
उत्पादनमुलक उद्योग १३
कृषि तथा वनजन्य उद्योग १७
पर्यटनमुलक/होटल
१३. प्रमुख नदी र खोलाहरुः–
 
सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि ।
१४. सञ्चार:–
ईलाका हुलाकः  ३ 
अतिरीक्त हुलाकः
टेलीसेन्टरः 
ए.डी.एस.एल. सेवाः 
नमस्ते मोवाईल सेवाः
सी.डी.एम.ए.सेवाः
 
१५. वित्तिय संस्थाहरु:–
  1. ने.वै.लि.रुकुमकोट शाखा
  2. प्रभु बैंक
  3. डिग्रे शाई कुमारी बचत तथा ऋण सहकारी संस्था
  4. लक्ष्मी लघु वित्त वित्तिय संस्था
  5. स्वदेशी वित्तिय संस्था
  6. मिरमिरे लघु वित्त वित्तिय संस्था
  7. रुक्मिणी बचत तथा ऋण सहकारी संस्था
  8. डिप्रोक्स लघु वित्त वित्तिय संस्था
  9. स्वदेशी लघु वित्त सहकारी संस्था
  10. जनसेवी लघु वित्त वित्तिय संस्था
१६. धार्मिक स्थलहरुः–
 वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट,  आदि ।
 
१७. पर्यटकीय स्थलहरु :–
पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि ।
 
१८. जिल्लामा कार्यरत गै.स.स./दातृ निकाय/संघसंस्था/कार्यक्रमहरु:–
  1. रुकुमेली समाज विकास केन्द्र
  2. हुरेडकार्स
  3. हरप्लेस
  4. मिक नेपाल
  5. जनजागरण मञ्च
  6. खिस्टीयन समाज
  7. युनाईटेड मिसन टु नेपाल(UMN)
  8. रुपान्तरण
  9. संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष
  10. नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम
  11. आषा कार्यक्रम
  12. गरीवी निवारण कोषको कार्यक्रम
  13. गरीवसंग विश्वेश्वर कार्यक्रम
  14. ग्रामीण निर्माण सुधार कार्यक्रम (RCIP)
  15. सडकपुल
  16. झोलुङ्गेपुल कार्यक्रम
१९. तरकारी तथा फलफुलहरु :–
मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी,  केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि ।
 
२०. वन्यजन्तु तथा चराचुरुङ्गीहरु:–
कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।
 
२१. जडीबुटीहरु :–
यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईटो, जटामसि, भलायो आदि ।
 
 
२२. अन्नबालीहरु :–
धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि ।
 
२३. खनिज पदार्थहरु :–
तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि ।
 
२४. सुरक्षा :–
खड्गदल गुल्म रुकुमकोट, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धान कार्यालय ।
२५. हिम श्रृंखला :– धौलागिरी
 
पूथा हिमाल । ७२४६  मी. उचाई २८ ४४ ५२ अक्षांस ८३ ०८ ५३ देशान्तर
पुथा हिमाल ।। ५५९८  मी. उचाई ४४ ०५ अक्षांस ८३ ०८ ३४ देशान्तर
सिस्ने हिमाल । ५९११  मी. उचाई २८ ४९ ४० अक्षांस ८२ २७ ०७ देशान्तर
सिस्ने हिमाल ।। ५८४४ मी. उचाई २८ ५० २३ अक्षांस ८२ ३७  ३५ देशान्तर
दोगारी हिमाल ६५३६  मी. उचाई २८ ४६ ०० अक्षांस ८३ ०६ ०१ देशान्तर
सामजाङ्ग हिमाल ५९२४ मी. उचाई २८ ४६ ०२ अक्षांस ८३ ०५ ५७ देशान्तर
निम्कु हिमाल ५८४० मी. उचाई २८ ४६ ४७ अक्षांस ८३ ०४ ०५ देशान्तर
२६. प्रजातिहरु :–
बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि ।
 
२७. जिल्लाबाट अन्यत्र निर्यात हुने वस्तुहरु :–
यार्सागुम्वा, अन्य जडिबुटीहरु, तरकारी विऊ, आलु, घ्यु, मह, सुठो, चामल, दाल, शिलाजित, नेपाली कागज, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि ।
 
अन्तिम पटक अद्यवधिक गरिएकाे मितिः २०७५।०१।३०
  • शिविर सञ्चालन २०७५-७-१९

    मिति २०७५/७/१७ गते भूमे गा.पा.-७ धरमशालामा संचालित घुम्ती शिविरमा ३५ जना व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । जसमा ११ जना पुरुष र २४ जना महिला रहेका थिए । सोही क्रममा नागरिकता प्राप्त व्यक्तिहरुको मतदाता नामावली समेत संकलन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयद्वारा संचालित घुम्ती शिविरको नेतृत्व प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले गर्नुभएको थियो । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र ब. वली र भूमे गा.पा. का अध्यक्ष रामसुर बुढाको समेत उपस्थिती रहेको थियो । साथै शिविरमा एक जना ७३ वर्षिया ज्येष्ठ नागरिक जुनसरा रोका र एकजना अपाङ्ग सूर्य बुढाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए ।  

  • ३३ वटा कसुर सम्बन्धित मुद्दा CDO ले नै हेर्ने २०७५-५-५

    अझै ३३ वटा कसुर सम्बन्धित मुद्दा सीडीओले नै हेर्ने’ २०७५ साल भाद्र ०५ गते गोरखपत्रमा प्रकाशित समाचार । सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार अझै ३३ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएका छन् । जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाउ भएको अवस्थाबाहेकका एक वर्षभन्दा कम सजाय हुने मुद्दा सीडीओको क्षेत्रधिकारमा परेका हुन् ।  सीडीओले हेर्ने मुद्दाहरुको विवरण कानुन, न्याय तथा संसदीय मन्त्रालय मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाइसकेको छ । संविधानले…

  • घुम्ती शिविर सन्चालन २०७५-३-४

    सुशासन (सन्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को दफा २६ र नियमावली, २०६५  को नियम १५ बमोजिम सरकारले प्रदान गर्ने सेवाहरू नागरिकको घरदैलोमा पुर्‍याउन जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले संयोजन गरी घुम्ती सेवा शिविर सन्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वको संयोजनमा मिति २०७४।१२।०६ गते देखि २०७५।१२।०८ गते सम्म सन्चालन भएको नागरिकता घुम्ती शिविर स.प्र.जि.अ. गोकर्ण बहादुर पुनको नेतृत्वमा यस जिल्ला अन्तर्गत भूमे गाउँपालिका वडा नं. ९, चुनबाङका नागरिकहरुलार्इ नागरिकता प्रदान गरिएको थियो र त्यहाँका नागरिकहरु खुसीले लाभान्वित भएका थिए ।  जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वको संयोजनमा मिति २०७५।०१।१६ गते देखि २०७५।०१।२७ गते सम्म सन्चालन भएको नागरिकता…

  • सूचना २०७५-१०-२०

    सूचना !    सूचना !!        सूचना !!!     स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उप-दफा ३ (क) अनुसार मिति २०७५/१०/२० गते देखि अर्को आदेश नभएसम्मका लागि तपशिल अनुसारका चार किल्ला क्षेत्रभित्रमा निषेधित-क्षेत्र तोकिएकोले निषेधित क्षेत्रभित्र कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस, सामुहिक भेला गर्न गराउन निषेध गरिएको छ । उक्त निषेधित क्षेत्रभित्र कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस, सामुहिक भेला गरेको पाइएमा सो कार्य गर्ने र गराउने सबैलाई कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ । तपशिलः पूर्वमाः- सिस्ने गाउँपालिका वडा नं. ५, धौलापैरा खोला । पश्चिममाः- सिस्ने गाउँपालिका वडा नं. ५, रानीकोट ।…

  • जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वको संघ/संस्था २०७५-६-५

    ======जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वको संघ/संस्था नवीकरण गर्न आउने बारेको अत्यन्त जरुरी सूचना !!!======== संस्था दर्ता ऐन, २०३४ बमोजिम हालको यस जिल्लामा कार्यक्षेत्र रहने गरी साविक जिल्ला प्रशासन कार्यालय रुकुममा दर्ता भई समाज कल्याण परिषद् मा आवद्ध भएका गैर-सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर-सरकारी तथा प्रतिफल वितरण नगर्ने संस्थाहरुको ३ (तीन) बर्षसम्मको अवस्था हेरी नियमानुसार नवीकरण भएको नपाईएमा तत् तत् निकायबाट पुनः नवीकरण गर्न गृह मन्त्रालयको च.नं. १५२४ मिति २०७५/०२/२५ गतेको परिपत्रानुसार १५ दिने सूचना जारी गरिएकोमा सो समयावधी भित्र नवीकरण गर्न छुट भएका संघ संस्थाहरु (यातायात क्षेत्रसँग सम्बद्ध बाहेक) को हकमा नवीकरण गर्नको लागि पुनः एक पटक ३५ दिने म्याद सहितको…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय