नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुपन्देही

  • कार्यालय अनुगमन निरीक्षण सम्बन्धमा । २०७५-७-२५

    आज मिति २०७५ साल कार्तिक २५ गतेका दिन यस जिल्लास्थित भैरहवा भन्सार कार्यालय, बेलहिया, आन्तरिक राजस्व कार्यालय, भैरहवा, प्लान्ट क्यारेन्टाइन कार्यालय, बेलहिया, संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देही, शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देही, डिभिजन सडक कार्यालय बुटवल, मालपोत कार्यालय, बुटवल र नापी कार्यालय, बुटवलको अनुगमन निरीक्षण गर्दा संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देही र मालपोत कार्यालय बुटवलमा कार्यरत कर्मचारीहरुको हाजिरी र विदा अद्यावधिक रहेको देखिएको तथा अन्य कार्याययहरुमा राजपत्रांकित अधिकृतस्तर कर्मचारी १३ जना र राजपत्र अनंकित तथा श्रेणी विहिन कर्मचारीहरु २९ जना गरी जम्मा ४२ जना कर्मचारीहरु विदा स्वीकृत नगराई अनुपस्थित रहेको देखिएको हुँदा अनुपस्थित कर्मचारीहरुका सम्बन्धमा सम्बन्धित कार्यालयबाटै आवश्यक कारवाही…

  • दैनिक सेवा प्रवाह सम्बन्धी विवरण २०७५-७-१५

    आज मिति २०७५।०७।१५ गतेका दिन जिल्लाको शान्ति सुरक्षा लगायत सबै अवस्था सामान्य रहेको । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक रुपमा सम्पादन गर्ने कार्यहरु मध्ये यस कार्यालय र अन्तरगतका इलाका प्रशासन कार्यालयहरुबाट ८६ जना सेवाग्राहीहरुलाई नागरिकताको प्रमाण पत्र र ३५ जना सेवाग्राहीहरुलाई नागरिकता प्रमाण पत्रको प्रतिलिपी जारी गरिएको छ भने राहदानी सिफारिस, राहदानी वितरण, नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, व्यक्ति प्रमाणित, पेन्सन सिफारिस, नावालक परिचय पत्र, दलित/ मधेसी /आदिवासी प्रमाणित एवं ठाडो उजुरी र मुद्धा सम्बन्धी सुनुवाई लगायतका कार्यहरुको सेवा प्रदान गर्दे हुँदै आइरहेको छ। 

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीको जरुरी सूचना २०७५-६-२५

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अत्यन्त जरुरी सूचना नजिकिदै आइरहेको दशै, तिहार (शुभ-दीपावली) छठ एवं नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु गर्दा गराउँदा बेलुका ९०० बजे सम्म मात्र गर्नु गराउनु हुन र पटका, आतिसबाजी जस्ता प्रज्जवलनशील पदार्थ नपडकाउन, नल्याउन सम्पूर्ण जिल्लावासी, नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैमा जानकारी गराइन्छ । यदि कसैले यो सूचनाको अवज्ञा गरी कानून विपरितका कार्यहरु गरे, गराएको पाइएमा प्रचलित कानून अनुसार कडा कारवाही भै जाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।    

  • बडा दशैको कार्यक्रम सम्बन्धी जानकारी सम्बन्धमा । २०७५-६-२५

      बडा दशैको कार्यक्रम सम्बन्धी जानकारी सम्बन्धमा ।

  • मासिक कार्य सम्पादन प्रगति २०७५ भाद्र महिना २०७५-६-१५

    जिल्ला प्रशासन कार्यालय, रुपन्देही मासिक कार्य सम्पादन प्रगति २०७५ भाद्र महिना क्र.सं   मुख्य क्रियाकलाप   गत आ.व.को उपलब्धी एकाई चालु आ.व.को प्रगति कैफियत गत महिना सम्मको यस महिनाको जम्मा १ नागरिकता वितरण   – १७३७ १४४६ ३१८३   २   द्वन्द प्रभावितका लागि राहत वितरण         क) राहत प्राप्त गर्ने संख्या   – जना   जना    जना   ख) वितरित राहत रकम   – – – –   ३   प्रकोप व्यवस्थापन     क) प्रकोपबाट पिडित   जना  १३ जना ७ जना २०   ख) प्रकोप पिडितलाई राहत प्रदान   रु. १२५०००/- २६०००/- १५१०००/-…

  • २०७५-६-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय २०७५-६-७

     २०७५-६-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णयहरु

  • निजामती सेवा दिवस २०७५ रुपन्देहीका विविध कार्यक्रम २०७५-५-२२

     नतिजामुखी प्रशासन समृद्धि र सुशासन भन्ने मूल नाराका साथ १५ औं निजामती सेवा दिवस २०७५ रुपन्देही जिल्लामा विविध कार्यक्रमका साथ सम्पन्न भयो ।        उक्त दिवसका अवसरमा कर्मचारी मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता, तनाव व्यवस्थापन तथा सकारात्मक सोच सम्बन्धी अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण तथा सरसफाई कार्यक्रम, ओम सत्यसाई बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई फलफुल वितरण, रक्तदान एवं जेष्ठ पूर्व राष्ट सेवक सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ । साथै कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गर्ने लगायतका कार्यक्रमका साथ सम्पन्न भएको छ ।

  • मानव बेचविखन विरुद्धकाे दिवसका केही झलकहरु २०७५-५-२०

    "संघीयताकाे महत्त्वपूर्ण सार, मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्य सहित गराै खबरदार" भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको संयाेजकत्वमा विभिन्न संघ/संस्थाहरुकाे सहभागीमा १२औं मानव बेचविखन विरुद्धकाे दिवसका केही झलकहरु

  • म्यानमारका राष्ट्रपतिज्युको भ्रमणकाे तस्विरहरु २०७५-५-१३

    मिति २०७५।५।१३ गतेका दिन म्यानमारका महामहिम राष्ट्रपतिज्युबाट भगवान गाैतमबुद्धको जन्मस्थल लुम्विनीको अवलाेकन भ्रमण कार्यक्रम सम्पन्न भयाे ।

  • बै‌क खाता मार्फत भुक्तानीको व्यवस्था मिलाउने २०७५-४-२५

    श्री गृह मन्त्रालय अार्थिक प्रशासन शाखाको च‍.न. ७६ मिति २०७५।४।२३ को पत्रबाट विभिन्न सरकारी, गैर सरकारी र निजी क्षेत्रका निकायहरुमा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एव‌ं  वित्तिय सुविधा बैंक खाता मार्फत अनिर्वाय भुक्तानीको व्यवस्था  मिलाउने भन्ने व्यहाेराकाे पत्रसाथ मिति २०७५ अाषाढ ३२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना प्राप्त हुन अाएको हुँदा साे अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीको जरुरी सूचना २०७५-६-२५

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अत्यन्त जरुरी सूचना  नजिकिदै आइरहेको दशै, तिहार (शुभ-दीपावली) छठ एवं नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु गर्दा गराउँदा बेलुका ९०० बजे सम्म मात्र गर्नु गराउनु हुन र पटका, आतिसबाजी जस्ता प्रज्जवलनशील पदार्थ नपडकाउन, नल्याउन सम्पूर्ण जिल्लावासी, नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैमा जानकारी गराइन्छ । यदि कसैले यो सूचनाको अवज्ञा गरी कानून विपरितका कार्यहरु गरे, गराएको पाइएमा प्रचलित कानून अनुसार कडा कारवाही भै जाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।  

  • जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठ‌ककाे निर्णय २०७५-६-१६

    विपद् जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने सम्बन्धमा ।

  • निजामति सेवा दिवस मनाउने सम्बन्धी सूचना । २०७५-५-१८

    निजामति सेवा दिवस मनाउने सम्बन्धी सूचना ।

  • टाेल फ्रि नं. सम्बन्धमा २०७५-५-१४

    राहदानी अाए नअाएकाे सूचना टाेल फ्रि नं. १६१८०७१५२१०५३ मा डायल गरी जानकारी लिन सकिन्छ ।

  • २०७५-३-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय २०७५-३-१२

    २०७५-३-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय

  • घुम्ति शिविर स‌ंचालन २०७५-२-१३

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिति २०७५।०२।११ गते यस जिल्लाको सम्मरीमाई गाउँपालिकामा संचालन गरेको घुम्ति सेवामा ४० जना पुरुष र २६ जना महिला गरी जम्मा ६६ जनालाई बंशजका आधारमा नागरिकता वितरण गरिएको ।

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा जारी सूचना २०७४-११-१७

    २०७४ साल फागुन १८ गते तराईका जिल्लाहरुमा फागु पूर्णिमा (होली पर्व) मनाइने सन्दर्भमा एक अर्काको इच्छा विपरित जबरजस्ति रंग हाल्ने प्लाष्टिक जन्य लोला हान्ने, फोहोर छ्याप्ने, महिला वा वालबालिका लगायत बाटोमा हिड्ने यात्रीहरुलाइ दुःख हैरानी तथा कष्ट दिने कार्य प्रचलित कानून विपरित हुने हुँदा  कसैले यस्ता कार्यहरु गर्न नपाउने र गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा जारी सूचना २०७४-८-५

             हालै नेपाल र भारतका सीमावर्ती जिल्लाका समकक्षीहरु विच भएको बैठकको निर्णयअनुसार मित्रराष्ट्र भारतका उत्तर प्रदेशका ३ जिल्लाहरु -महाराजगंज, सिद्धार्थनगर, बलरामपुर_ मा २९ नोभेम्वर २०१७ मा हुने निर्वाचनको लागि ४८ घण्टा -नोभेम्बर २९ अगाडि_ र ७ डिसेम्वर २०१७ मा नेपालमा हुने निर्वाचनका लागि ७२ घण्टा -डिसेम्बर ४ को मध्यरात देखि डिसेम्बर ७ को मध्यरात सम्म_  यस जिल्लाको सीमा नाका बन्द -सील_ हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  

  • २०७४ साल (सन् २०१७) को हजयात्रा सम्बन्धी सूचना २०७३-१२-७

    २०७४ साल (सन् २०१७) मा साउदी अरबकाे मक्का मदिनामा हज गर्न जान चाहने इच्छुक यस जिल्लाका नेपाली मुसलमानहरुले २०७४ वैशाख १० गते भित्र रीतपूर्वकको दरखास्त फारम, सक्कल राहदानी, हाललार्इ रु.१०००००।- (एकलाख रुपैया) राष्ट्रिय वाणिज्य बै‌‌कको भैरहवा शाखामा बुझाएको सक्कलै बैक भौचर, पासपोर्ट साइजको फोटो ३ प्रति, अटो साइजको फोटो २ प्रति लगायतका कागजातहरु सहित जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि मिति २०७३।१२।०७ को गोरखापत्र दैनिक, यस कार्यालयकाे वेबसाइट daorupandehi.moha.gov.np एव‌ं कार्यालय समयमा यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।

  • घुम्ती शिविर २०७१-९-८

    विशेष कारण बश मिति २०७१/०९/१३ गते विष्णुपुरा गा‍.वि.स. मा घुम्ती शिविर अायाेजना हुने भनेकाेमा हालका लागि स्थगित भएकाे व्यहाेरा जानकारी गराइन्छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय